अभियन्तादेखि राष्ट्रिय सम्मानसम्मको यात्रा
कुनै पनि राष्ट्रको लोकतान्त्रिक विकास केवल संविधान निर्माण, निर्वाचन सम्पन्न हुनु वा सरकार परिवर्तनमा मात्र सीमित हु“दैन । लोकतन्त्रको वास्तविक मापन त्यतिबेला हुन्छ, जब राज्यका निकायहरू जनताप्रति उत्तरदायी हुन्छन्, सार्वजनिक निर्णयहरू पारदर्शी हुन्छन् र नागरिकले आफ्नो संवैधानिक अधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न सक्छन् । लोकतन्त्रलाई जीवन्त बनाउने यिनै आधारहरूमध्ये सूचनाको हक सबैभन्दा महत्वपूर्ण अधिकार हो । नागरिकले सूचना प्राप्त गर्न सके मात्र राज्यलाई प्रश्न गर्न, सार्वजनिक खर्चको निगरानी गर्न, भ्रष्टाचारको विरोध गर्न र सुशासनको माग गर्न सक्छ ।
नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई धारा २७ अन्तर्गत सूचनाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ । तर संविधानमा लेखिएको अधिकारलाई व्यवहारमा कार्यान्वयन गराउन धेरै नागरिकले कानुनी बाटो प्रयोग गर्न सकेका छैनन् । यस्ता बेला केही व्यक्तिहरूले व्यक्तिगत लाभभन्दा सार्वजनिक हितलाई प्राथमिकता दि“दै सूचनाको हकलाई व्यवहारमा स्थापित गर्न संघर्ष गरेका छन् । त्यस्ता व्यक्तिमध्ये एक हुन् पत्रकार एवं सूचना अभियन्ता कैलाश माझी ।
सामान्य गाउँबाट सुरुवाती यात्राः
वि.सं. २०५३ सालमा सप्तरी जिल्लाको हालको सप्तकोशी नगरपालिका–११, भगनी मलेठमा जन्मेका उनी त्यतिबेला कसैले पनि कल्पना गरेको थिएन कि यही गाउँको एक सामान्य बालक भविष्यमा सूचनाको हक, सुशासन र खोजमूलक पत्रकारिताको क्षेत्रमा राष्ट्रियस्तरमा परिचित व्यक्तित्व बन्नेछ ।
भगनी–मलेठ त्यस समय ग्रामीण नेपालको प्रतिनिधि बस्ती थियो । सीमित अवसर, सामान्य आर्थिक अवस्था, कृषि–आधारित जीवनशैली र न्यून पूर्वाधारबीच उहाँको बाल्यकाल बित्यो । यस्तै परिवेशले उहाँलाई समाजका वास्तविक समस्या नजिकबाट बुझ्ने अवसर दियो । विकासका योजना कसरी लागू हुन्छन्, सार्वजनिक सेवा किन कमजोर हुन्छ, नागरिकले किन आफ्ना अधिकार सहज रूपमा प्रयोग गर्न सक्दैनन् भन्ने प्रश्नहरू उनको मनमा सानैदेखि रहने गर्थे । उनी बाल्यकालदेखि नै जिज्ञासु स्वभावका थिए । कुनै पनि विषयलाई सहज रूपमा स्वीकार गर्नुको सट्टा “किन ? भन्ने प्रश्न गर्ने बानी थियो । यही प्रश्न गर्ने बानीले पछि पत्रकारिताको आधार तयार ग¥यो ।
विद्यालयमा अध्ययन गर्दा उनी विभिन्न सामाजिक तथा शैक्षिक गतिविधिमा सक्रिय रहनुभयो । साथीहरू बीच नेतृत्व गर्ने क्षमता, सार्वजनिक विषयमा बोल्ने आत्मविश्वास र सामाजिक उत्तरदायित्वको भावना क्रमशः विकास हुँदै गयो ।
प्राविधिक ज्ञानले दिएको फरक दृष्टिकोणः
कैलाश माझीले श्री जनता माध्यमिक विद्यालय, सप्तकोशी नगरपालिका–१० बाट माध्यमिक तहसम्मको अध्ययन पूरा गरे । त्यसपछि उनीले इटहरीस्थित सुष्मा कोइराला मेमोरियल इन्जिनियरिङ कलेजबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययन सम्पन्न गरे । सिभिल इन्जिनियरिङको अध्ययनले उनलाई भवन, सडक, पुल, खानेपानी, ढल, लागत अनुमान, सार्वजनिक खरिद, गुणस्तर परीक्षण र सरकारी विकास योजनाको प्राविधिक पक्ष बुझ्ने अवसर दियो । यही ज्ञान पछि पत्रकारितामा सबैभन्दा ठूलो बलियो पक्ष बन्यो । धेरैले विकास निर्माणलाई सतही रूपमा हेर्दा उहाँ प्राविधिक दृष्टिले विश्लेषण गर्न सक्ने अवस्थामा पुगे ।
पत्रकारिता रोज्नुको कारणः
इन्जिनियरिङ अध्ययनपछि प्राविधिक क्षेत्रमा करियर बनाउने अवसर थिए । तर उनले अर्को बाटो रोजे जुन थियो पत्रकारिता । उनको विश्वास थियो कि एउटा इन्जिनियरले एउटा संरचना बनाउन सक्छ, तर एउटा जिम्मेवार पत्रकारले समाजमा चेतना निर्माण गर्न सक्छ । यही सोचले उनलाई पत्रकारितातर्फ आकर्षित ग¥यो । पत्रकारिताको प्रारम्भिक दिनदेखि नै उनले आफूलाई दैनिक घटनाको रिपोर्टिङमा मात्र सीमित राख्नुभएन, खोजमूलक पत्रकारितालाई प्राथमिकता दिए । कुनै पनि विषयमा समाचार लेख्नुअघि सम्बन्धित कागजात अध्ययन गर्ने, कानुनी प्रावधान बुझ्ने, सम्बन्धित पक्षको धारणा लिने र तथ्यको पुष्टि गर्ने अभ्यास विकास गरे र उनको पत्रकारितामा एउटा स्पष्ट सिद्धान्त बन्यो “प्रमाणबिना समाचार होइन ।” भन्ने ।
उनले समाचारलाई सामाजिक सञ्जालको हल्लाभन्दा फरक बनाउने प्रयास गर्थे । सार्वजनिक अभिलेख, सरकारी कागजात, कानुनी प्रावधान र सम्बन्धित पक्षको प्रतिक्रिया समेटेर समाचार तयार गर्ने शैलीले उनको पत्रकारितालाई फरक पहिचान दिलायो । उनले विशेष रूपमा स्थानीय सरकार, विकास निर्माण, सार्वजनिक बजेट, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सार्वजनिक खरिद र सुशासनसँग सम्बन्धित विषयमा कलम चलाए । प्राविधिक शिक्षाका कारण विकास निर्माणसम्बन्धी समाचारमा उनको विश्लेषण तथ्यपरक र प्राविधिक पक्षसम्म पुग्ने प्रयास देखिन्थ्यो ।
सूचनाको हकप्रतिको आकर्षण पत्रकारिताको क्रममा उनले एउटा महत्वपूर्ण कुरा महसुस गरे । धेरै समाचार अनुमानमा आधारित हुने गर्छन्, किनकि सरकारी कार्यालयका आधिकारिक कागजात सहज रूपमा उपलब्ध हुँदैनन् । यही अनुभवले उनलाई सूचनाको हक सम्बन्धी ऐन, २०६४ तर्फ आकर्षित ग¥यो । उनले बुझे कि सूचना माग्नु केवल पत्रकारको आवश्यकता होइन, प्रत्येक नागरिकको संवैधानिक अधिकार हो । त्यसपछि उनले विभिन्न सार्वजनिक निकायसँग कानुनबमोजिम सूचना माग्ने अभ्यास सुरु गरे । सूचना नपाउँदा कानुनी उपचार खोज्ने, पुनरावेदन गर्ने र संवैधानिक निकायसम्म पुग्ने दृढताले उनको सार्वजनिक जीवनको नयाँ अध्याय सुरु भयो ।
सार्वजनिक हितलाई केन्द्रमा राख्ने सोचः
कैलाश माझीले आफ्नो पत्रकारिता र सूचना अधिकारको अभियानलाई व्यक्तिगत विवाद वा प्रचारको माध्यम बनाउनुभएन । उपलब्ध अभिलेखका आधारमा उनले सार्वजनिक निकायको पारदर्शिता, नागरिकको जान्ने अधिकार र सुशासनलाई प्राथमिकतामा राख्दै काम गर्न सुरु गरे । उनको विचारमा, लोकतन्त्र बलियो बनाउन केवल सरकार जिम्मेवार भएर पुग्दैनस नागरिक पनि सचेत र सक्रिय हुनुपर्छ । यही सोचले उनलाई सूचना माग्ने, अध्ययन गर्ने, समाचार लेख्ने र कानुनी प्रक्रियाको प्रयोग गर्ने दिशामा निरन्तर अघि बढायो ।
सूचनाको हकको संघर्षदेखि राष्ट्रिय सम्मानसम्मः
पत्रकारिताको मूल उद्देश्य समाजलाई सत्य सूचना उपलब्ध गराउनु हो । तर सत्यसम्म पुग्ने बाटो सधैं सहज हुँदैन । विशेष गरी सार्वजनिक निकायसँग सम्बन्धित विषयमा काम गर्ने पत्रकारका लागि सूचना प्राप्त गर्नु नै सबैभन्दा ठूलो चुनौती बन्न सक्छ । यही चुनौतीलाई अवसरका रूपमा स्वीकार गर्दै पत्रकार एवं सूचना अभियन्ता कैलाश माझीले आफ्नो सार्वजनिक जीवनको महत्वपूर्ण अध्याय सूचनाको हक प्रयोगबाट सुरु गरे ।
उनको विश्वास स्पष्ट थियो—“सरकारी कार्यालयमा रहेको सूचना सरकारको निजी सम्पत्ति होइन, नागरिकको अधिकार हो ।” नेपालको संविधान, २०७२ को धारा २७ ले प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयमा सूचना माग्ने र पाउने अधिकार सुनिश्चित गरेको छ । यही संवैधानिक अधिकारलाई व्यवहारमा लागू गराउने उद्देश्यले उनले विभिन्न सरकारी तथा सार्वजनिक निकायसँग नियमित रूपमा सूचना माग्न थाले ।
कानुनलाई व्यवहारमा उतार्ने अभियानः
धेरै नागरिकलाई सूचनाको हक सम्बन्धी ऐन, २०६४ को जानकारी भए पनि त्यसको प्रयोग कम हुने गरेको अवस्थामा कैलाश माझीले ऐनको दफा ३ र दफा ७ अनुसार विभिन्न सार्वजनिक निकायसँग सूचना मागे । उनका लागि सूचना माग्नु व्यक्तिगत चासोको विषय थिएनस यो सार्वजनिक उत्तरदायित्व स्थापित गर्ने माध्यम थियो । उनले मागेका सूचनाहरू मुख्यतः सार्वजनिक खर्च, विकास निर्माण, कर्मचारीको जिम्मेवारी, सार्वजनिक निर्णय र स्थानीय सरकारका कामकारबाहीसँग सम्बन्धित थिए । कतिपय कार्यालयले कानुन अनुसार सूचना उपलब्ध गराए भने कतिपयले मौनता अपनाए । यहीबाट उनको कानुनी संघर्ष सुरुभयो ।
कञ्चनरूप नगरपालिकाको ऐतिहासिक मुद्दाः
वि.सं.२०७७ फागुन १४ गते कैलाश माझीले कञ्चनरूप नगरपालिकासँग सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम सूचना माग गरे । कानुनले तोकेको समयभित्र सूचना उपलब्ध नभएपछि उनले २०७७ चैत १६ गते राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गरे । आयोगले नगरपालिकालाई सूचना उपलब्ध गराउन र कारणसहित लिखित जवाफ पेश गर्न आदेश दियो । त्यसपछि पनि आदेशको पालना नभएको आयोगको निर्णयमा उल्लेख छ । पुनः आयोगले सूचना उपलब्ध गराउन निर्देशन दिँदा पनि कार्यान्वयन नभएपछि आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय ग¥यो । साथै, विभागीय कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइयो ।
यो निर्णयले एउटा महत्वपूर्ण सन्देश दियो—सूचनाको हकको उल्लङ्घन गर्ने सार्वजनिक पदाधिकारी कानुनी जिम्मेवारीबाट मुक्त रहन सक्दैनन् । नागरिकले आफ्नो अधिकार प्रयोग गर्दा कानुनले संरक्षण गर्छ भन्ने विश्वास यस घटनाले बलियो बनायो ।
राष्ट्रियस्तरमा चर्चित बनेको फैसलाः
राष्ट्रिय सूचना आयोगको उक्त निर्णय केवल एउटा पुनरावेदनको अन्त्य थिएनस यो सूचनाको हकको प्रभावकारी कार्यान्वयनतर्फको एउटा महत्वपूर्ण उदाहरण बन्यो । धेरै नागरिक र सूचना अधिकारका अभियन्ताले यसलाई सार्वजनिक निकायलाई उत्तरदायी बनाउने दृष्टान्तका रूपमा हेरे । यस घटनापछि विभिन्न सार्वजनिक निकायमा सूचना माग्ने नागरिकहरूको संख्या बढेको र सूचनाको हकबारे जनचासो वृद्धि भएको उल्लेख विभिन्न सार्वजनिक छलफलहरूमा भएको पाइन्छ । यद्यपि, यसको विस्तृत प्रभावबारे स्वतन्त्र अध्ययन आवश्यक रहन्छ ।
धम्कीबीच पनि नरोकिने अभियानः
सूचनाको हकको अभियान सधैं सहज थिएन । उपलब्ध कागजात अनुसार, २०७८ फागुन महिनामा कैलाश माझीको घरको मूलढोकामा अज्ञात व्यक्तिबाट ज्यान मार्ने धम्कीसहितको पत्र फेला परेको
थियो । पत्रमा सूचना माग्ने कार्य नरोकिए गम्भीर परिणाम भोग्नुपर्ने आशय व्यक्त गरिएको थियो । यस घटनालाई उनले सामान्य रूपमा लिएनन् । उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा अन्य सम्बन्धित निकायमा औपचारिक निवेदन दिँदै निष्पक्ष अनुसन्धान र आफ्नो सुरक्षाको माग गरे र कानुनमाथि विश्वास राख्दै प्रत्येक चुनौतीको सामना कानुनी प्रक्रियाबाट अघि बढाए ।
राष्ट्रिय महासंघको ऐक्यबद्धताः
घटनापछि सूचनाको हकका लागि राष्ट्रिय महासं ले प्रेस विज्ञप्ति जारी गर्दै धम्कीको कडा भत्र्सना ग¥यो । महासंघले सूचनाको हक प्रयोग गर्नु संविधानले सुनिश्चित गरेको अधिकार भएको उल्लेख गर्दै अभियन्ताको सुरक्षा सुनिश्चित गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको थियो ।
यस घटनाले सूचनाको हकको अभ्यास अझै पनि चुनौतीपूर्ण हुन सक्ने यथार्थलाई उजागर ग¥यो । तर यसले सूचना अधिकारको अभियानमा राष्ट्रिय ऐक्यबद्धता पनि देखायो ।
संघर्षबाट स्थापित विश्वासः
कैलाश माझीको सार्वजनिक जीवनमा कानुनी संघर्ष केवल व्यक्तिगत मुद्दा थिएन । उपलब्ध तथ्यका आधारमा उहाँले प्रत्येक प्रक्रियालाई संविधान, सूचनाको हक सम्बन्धी ऐन र प्रचलित कानुनको सीमाभित्र रहेर अघि बढाएको देखिन्छ । उनले अदालत वा आयोगको ढोका ढकढक्याउनु प्रतिशोधका लागि होइन, नागरिकको संवैधानिक अधिकारको प्रयोगका लागि भएको धारणा बारम्बार व्यक्त गरेका छन् । उनको अभियानले एउटा स्पष्ट सन्देश दिएको देखिन्छ—लोकतन्त्रमा अधिकारको रक्षा आवाजले मात्र होइन, कानुनी प्रक्रियाको प्रभावकारी प्रयोगले पनि हुन्छ ।
राष्ट्रिय सम्मान, खोजमूलक पत्रकारिता र सुशासनको अभियानः
कुनै पनि व्यक्तिको योगदानको मूल्याङ्कन केवल उसले प्राप्त गरेको सम्मानबाट हुँदैन । वास्तविक मूल्याङ्कन उसले समाजमा पारेको प्रभाव, सार्वजनिक हितका लागि गरेको निरन्तर प्रयास र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धताबाट हुन्छ । पत्रकार एवं सूचना अभियन्ता माझीको सार्वजनिक जीवनलाई हेर्दा उनको यात्रा व्यक्तिगत सफलताभन्दा पनि नागरिक अधिकार, पारदर्शिता र सुशासनको पक्षमा केन्द्रित रहेको देखिन्छ ।
सूचनाको हकसम्बन्धी कानुनी संघर्ष, सार्वजनिक निकायसँग सूचना माग्ने अभियान, खोजमूलक पत्रकारिता र जनचासोका विषयमा निरन्तर सक्रियताले उहाँलाई राष्ट्रिय स्तरमा परिचित गराएको देखिन्छ । उपलब्ध अभिलेखका आधारमा उहाँको सार्वजनिक जीवनमा सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक हो—राष्ट्रिय सूचना आयोगबाट प्राप्त “विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार–२०७९” ।
राष्ट्रिय सम्मानः एउटा संघर्षको औपचारिक स्वीकारोक्तिः
राष्ट्रिय सूचना आयोगले आफ्नो स्थापना दिवसको अवसरमा काठमाडौं स्थित उपराष्ट्रपति कार्यालय, लैनचौरमा आयोजित विशेष कार्यक्रममा सूचनाको हकको संरक्षण, संवद्र्धन र प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान गरेको थियो । त्यही कार्यक्रममा उनी पनि सम्मानित भएका थिए । उक्त सम्मान तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट प्रदान गरिएको
थियो । आयोगले सार्वजनिक रूपमा उपलब्ध गराएको विवरणअनुसार, नागरिकको सुसूचित हुने अधिकारको संरक्षण तथा सूचनाको हकलाई व्यवहारमा स्थापित गर्न उनले खेलेको भूमिकाको कदर गर्दै यो सम्मान प्रदान गरिएको थियो ।
पुरस्कारभन्दा ठूलो जिम्मेवारीः
सम्मापन प्राप्त गरेपछि उनले प्रतिक्रिया दिँदै भनेका थिए– ‘यो सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा नागरिक अधिकारको आन्दोलनको सम्मानका रूपमा लिएको छु ।’ उनले भविष्यमा पनि सूचनाको हकको संरक्षण, संवद्र्धन र कार्यान्वयनमा अझ जिम्मेवारीका साथ काम गर्ने बताएका थिए ।
पत्रकारितामा फरक कार्यशैलीः
आज सामाजिक सञ्जालको तीव्र विस्तारसँगै सूचना र समाचारबीचको भिन्नता कहिलेकाहीँ अस्पष्ट बन्ने गरेको छ । यस्ता अवस्थामा कैलाश माझीले पत्रकारितामा प्रमाण, आधिकारिक कागजात र कानुनी आधारलाई प्राथमिकता दिने अभ्यास विकास गरे । उनका समाचारहरूमा सामान्यतया निम्न पक्षहरू समेटिने गरेको पाइन्छ ।
— सम्बन्धित सरकारी कागजात,
— सार्वजनिक खरिदका विवरण,
— लागत अनुमान,
— सार्वजनिक निकायको आधिकारिक प्रतिक्रिया,
— सम्बन्धित कानुनी व्यवस्था,
— नागरिकको सरोकार।
यसले समाचारलाई तथ्यमा आधारित बनाउन सहयोग पु¥याएको देखिन्छ ।
विकास निर्माणको निगरानीः
सिभिल इन्जिनियरिङको शैक्षिक पृष्ठभूमिका कारण उहाँले विकास निर्माणसम्बन्धी विषयमा विशेष चासो राख्नुभयो । सडक, ढल, विद्यालय भवन, खानेपानी, सार्वजनिक संरचना, बजेट कार्यान्वयन र निर्माण गुणस्तरका विषयमा उनले बारम्बार समाचार तयार गर्नुभयो । विकास निर्माणसम्बन्धी समाचार तयार गर्दा प्राविधिक पक्ष, लागत अनुमान, कार्यसम्पादन र सार्वजनिक हितलाई ध्यानमा राख्ने प्रयास गर्दथे । यसले स्थानीय तहका योजनाबारे नागरिकमा जानकारी दिन भूमिका खेलेको मान्न सकिन्छ ।
स्थानीय सरकार र जवाफदेहिताः
नेपालमा संघीयता लागू भएपछि स्थानीय तहलाई व्यापक अधिकार प्राप्त भयो । त्यहीसँगै पारदर्शिता र जवाफदेहिताको अपेक्षा पनि बढ्यो । कैलाश माझीले स्थानीय सरकारका कामकारबाहीलाई पत्रकारिताको महत्वपूर्ण विषय बनाउँदै विकास योजना, सार्वजनिक खर्च, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सार्वजनिक सेवा र प्रशासनिक उत्तरदायित्वका विषयमा निरन्तर लेखन गर्नुभयो । उनको दृष्टिकोणमा स्थानीय सरकार जनतासँग सबैभन्दा नजिकको सरकार भएकाले त्यसको पारदर्शिता लोकतन्त्रको आधार हो ।
सामाजिक प्रभावः
उनको अभियानले विशेष गरी सूचनाको हकबारे जनचेतना अभिवृद्धि गर्न, सार्वजनिक निकायमा सूचना उपलब्ध गराउने संस्कृतिबारे बहस बढाउन तथा नागरिकलाई कानुनी अधिकार प्रयोग गर्न प्रेरित गर्न योगदान पु¥याएको छ । यद्यपि, यसको व्यापक सामाजिक प्रभावबारे स्वतन्त्र अध्ययनले अझ विस्तृत मूल्याङ्कन गर्न सक्छ । संघर्षबाट बनेको राष्ट्रिय परिचय
कैलाश माझीको यात्रा कुनै एक दिनमा बनेको परिचय होइन । यो ग्रामीण परिवेशबाट सुरु भएको, अध्ययन, पत्रकारिता, कानुनी संघर्ष, सार्वजनिक उत्तरदायित्व र निरन्तरताले निर्माण गरेको यात्रा हो । राष्ट्रिय सूचना आयोगबाट प्राप्त सम्मान, आयोगका निर्णयहरूमा उनको सक्रिय भूमिका, पत्रकारितामा तथ्य र प्रमाणलाई प्राथमिकता दिने कार्यशैली तथा सूचनाको हकको अभियानले उनलाई यस क्षेत्रमा पहिचान दिएको हो ।
राष्ट्रिय सूचना आयोगको सम्मानः
“विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार–२०७९” ले उहाँको सार्वजनिक जीवनमा एउटा महत्वपूर्ण अध्याय थप्यो । यो सम्मानलाई उनले अन्तिम गन्तव्यका रूपमा होइन, अझ ठूलो जिम्मेवारीका रूपमा लिए । यस सम्मानले सम्मानित भएसँगै उनीको सूचनाको हकका क्षेत्रमा काम गर्ने नयाँ पुस्तालाई पनि प्रेरणा दिएको उनको बुझाई थियो ।
समाजका लागि सन्देशः
कैलाश माझीको सार्वजनिक जीवनबाट केही महत्वपूर्ण सन्देशहरू ग्रहण गर्न सकिन्छ ।
— संविधानले दिएको अधिकार प्रयोग गर्न नागरिक स्वयम् सचेत हुनु पर्छ ।
— सार्वजनिक निकायसँग सूचना माग्नु लोकतान्त्रिक अधिकार
हो ।
— पत्रकारितामा तथ्य, प्रमाण र सन्तुलन अपरिहार्य छन् ।
— सार्वजनिक पदमा रहेका व्यक्तिहरू नागरिकप्रति उत्तरदायी हुनु
पर्छ ।
— कानुनको प्रयोग शान्तिपूर्ण र लोकतान्त्रिक परिवर्तनको प्रभावकारी माध्यम हुन सक्छ ।
भविष्यको दृष्टि
उनले विभिन्न अवसरमा व्यक्त गर्नुभएको धारणा अनुसार आगामी दिनमा पनि पत्रकारिता, सूचनाको हक, सुशासन, पारदर्शिता र नागरिक अधिकारको क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता जनाउँदै आएको छ । डिजिटल युगमा सूचना प्रविधिको उपयोग गर्दै नागरिकलाई सही, प्रमाणित र तथ्यमा आधारित सूचना उपलब्ध गराउनु आवश्यक रहेको र त्यसमा उनको जोड रहने गरेको छ ।
अन्तमा,
ग्रामीण परिवेशमा जन्मिएर इन्जिनियरिङ अध्ययन, त्यसपछि पत्रकारिता र सूचनाको हकको आन्दोलन हुँदै राष्ट्रिय सूचना आयोगबाट सम्मानित व्यक्तित्वसम्मको कैलाश माझीको यात्रा सरल थिएन । यस यात्रामा कानुनी संघर्ष, प्रशासनिक चुनौती, सार्वजनिक बहस, धम्की र निरन्तर सक्रियता समेटिएको छ । उनको जीवनीले एउटा महत्वपूर्ण सन्देश दिन्छ । लोकतन्त्रमा अधिकार प्राप्त गर्नु पर्याप्त हुँदैनस त्यसको प्रयोग गर्न सक्ने साहस, कानुनी ज्ञान र निरन्तरता पनि आवश्यक हुन्छ । पत्रकारिता, सूचनाको हक र सुशासनको क्षेत्रमा उनले गरेका प्रयासहरूको दीर्घकालीन प्रभावबारे भविष्यमा अझ व्यापक मूल्याङ्कन हुन बाँकी छ । तर हालसम्मको उनको कार्यकौशलता हेर्दा भन्न सकिन्छ कि कैलाश माझीले नागरिकको सुसूचित हुने अधिकार, सार्वजनिक निकायको जवाफदेहिता र लोकतान्त्रिक मूल्यको प्रवद्र्धनका लागि उल्लेखनीय योगदान पु¥याएको छ । सत्य, सूचना र सुशासनप्रतिको प्रतिबद्धताले उनको यात्रालाई केवल व्यक्तिगत सफलताको कथामा सीमित नराखी लोकतान्त्रिक समाजमा सक्रिय नागरिकको भूमिकाको प्रेरणादायी उदाहरणका रूपमा स्थापित गरेको देखिन्छ ।

LEAVE A REPLY