कोसी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हँदै ।

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । कोसीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार रिट दायर गरेका थिए ।
नेकपाएमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यसविरुद्ध रिट दायर गरिएको हो । सरकार गठनका निम्ति दाबी पेस गर्न प्रदेश प्रमुखले गरेको आह्वानलाई अन्तरिम आदेशमार्फत बदर गर्न रिट निवेदनमा माग गरिएको छ । कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।
हिक्मत कार्कीले बिहीबारै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई समर्थन गर्ने प्रदेशसभा सदस्यको सनाखत गराई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

LEAVE A REPLY