मन्त्री महासेठलाई महाँनगर प्रमुखको धुलो उपहार

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो ‘उपहार’ पठाउने ‘घोषणा’ गरेका छन् ।
काठमाडौंको कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तारका नाममा यहाँका नागरिकले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । त्यो नियन्त्रणमा ध्यान नदिएको र काम अगाडि नबढाइएको भन्दै उनले धुलो पठाउने घोषणा गरेका हुन् ।
“यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु, माया सम्झेर स्वीकार्नुहोला,” उनले फेसबुकमा लेखेका छन् ।
काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा उक्त क्षेत्रकै धुलो मुख्य कारण रहेको उनको भनाइ छ । “।।।जसले गर्दा महानगरवासीले धुलोधुवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ,” उनले लेखेका छन् ।

LEAVE A REPLY