विश्वकपमा अस्ट्रेलियासँगओमान ३९ रनले पराजित

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपमा अस्ट्रेलियाले एसोसिएट राष्ट्र ओमानविरुद्ध ३९ रनको सहज जित निकालेको छ ।
बिहीबार बिहान ब्रिजटाउनमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो ।
ओमानका आयान खानले सर्वाधिक ३६ रन बनाए । मेहरन खानले २७ रन थप्दा कप्तान अकिब इल्यासले १८ र साकिल अहमेदले ११ रन जोडे ।
अस्ट्रेलियाका मार्कुस स्टोइनिसले तीन विकेट लिए । नाथन इल्स, एडम जाम्पा र मिचेल स्टार्कले समान दुई विकेट लिए ।वि
त्यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रनको योगफल खडा गरेको थियो ।
अस्ट्रेलियाका मार्कुस स्टोइनिसले सर्वाधिक ६७ रन बनाएका थिए । स्टोइनिसले ३६ बलमा दुई चौका र ६ छक्का प्रहार गरे । ओपनर डेविड वार्नरले ५६ रन बनाए । यस्तै, कप्तान मिचेल मार्सले १४ र ट्राभिस हेडले १२ रन थपे । अस्ट्रेलियाका ग्लेन म्याक्सवेल भने गोल्डेन डक भएका थिए ।
ओमानका मेहरन खानले दुई विकेट लिए । यस्तै, बिलाल खान र कलिमुल्लाहले समान एक विकेट हात पारे ।

LEAVE A REPLY