काठमाडौं । ताप्लेजुङमा गएरातिदेखि परेको अविरल वर्षापछिको बाढीका कारण एउटा काठको पुल बगाएको छ। फाक्तालुङ गाउँपालिका–५ मा पर्ने सिवासा खोलामा आएको बाढीका कारण हल्का सवारी साधन समेत चल्ने सो पुल बगाएको हो।
वडा नम्बर ५ का अध्यक्ष देउप्रसाद लिम्बुका अनुसार, अहिले पानी पर्ने क्रम रोकिएको छ। यद्यपि बेलुकीको पानीले खोलाको सतह केही माथि आउँदा स्थानीयहरू त्रसित भएका छन्।