नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई आकर्षक प्याकेज उपलब्ध गराउने

काठमाडौं ।नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएचफाइबर टु द होममा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ। यी अफरहरु २०८१ असार १० देखि लागु हुने जानकारी दिएको छ।

अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत रु। ५९९ मा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने अनलिमिटेड अन–नेट भ्वाइस तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिनेअफ–नेट भ्वाइसेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुनेछ। त्यसैगरी सजिलो ६३६ प्याक अन्तर्गत रु। ६३६ मा अनलिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जीबी डाटा सेवा उपलब्ध हुनेछ।

यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ३० जीबी डाटा र १५० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जीबी डाटा र २०० अन नेट एसएमएस सेवा उपलब्ध हुनेछ।

कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डाटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १,४९९ प्याक र सजिलो १,९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ। सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ। यसका साथै अन्य आकर्षक प्याकेजहरु समेत कायम राखिएको छ।

इन्डिया भ्वाइस कल प्याकेज अन्तर्गत रु। ८० मा १ दिन प्रयोगगर्न सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने रु। २७० मा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ।

त्यसैगरी एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको कम्पनिको दाबी छ। प्रिमियम एफटीटीएच प्याकेजहरुमा डाटा मात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरु, भ्वाइस सेवामात्र प्रयोग गर्ने ग्राहकहरुका लागि बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभी प्याकेजहरु र आईपीटीभी प्याकेजहरुमा डाटा मात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभी का प्याकेजहरु समेत सुलभ दरमा उपलब्ध हुने जनाएको छ।

LEAVE A REPLY