गृहमन्त्री लामिछानेद्धारा सिंहदरबार सबैका लागि खुला गर्ने घोषणा

काठमाडौं । उपप्रधान एम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार सबै आम नागरिकका लागि खुला गर्ने घोषणा गरेका छन ।
आफूले कार्यकालको सय दिन पूरा गरेको सन्दर्भमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र हुने, आफ्नो मान्छे भित्र भएमात्र फोन गरेर काम गर्न पाउने प्रवृत्तिको अन्त्यका लागि आम जनताको लागि सिंहदरबार खुला गरेको जानकारी दिएका हुन ।त्त्
उनले भने, ‘सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र थियो । आफ्ना मान्छे भएकाहरुले मात्र छिर्न पाउने थियो । अब सिंहदरबार छिर्न काम हुनु पर्छ, नागरिकता हुनुपर्छ । त्यतिकागजात भए सिंहदरबार छिर्नका लागि कसैलाई चिन्नुपर्दैन । सुरक्षित तरिकाले आम नेपालीका लागि अब सिंहदरबार खुला छ ।’
यस्तै उनले अबदेखि सिधै गृहमन्त्रीलाई समस्या राख्न सकिने पनि जानकारी दिए । गृह मन्त्रालय अन्तर्गतका निकायमा आजैदेखिनै क्यूआर कोड राखिने र सो क्यूआर स्क्यान गर्ने बित्तिकै हरेक गुनासाहरू त्यसमार्फत गृहमन्त्री कहाँ पु¥याउन सकिने व्यवस्था गरिने उनले स्पष्ट पारे ।
उनले भने, ‘नागरिकले भन्ने गर्नुहुन्छ नि कहिले काँही मेरो उजुरी लिएन, प्रहरीले मेरो कुरा सुनेन, कर्मचारीले सुनेन भन्ने कुरा उहाँहरुले सुनाउन कहाँ जाने त रु अब त्यस्तो सिँधै गृहमन्त्रीलाई भन्न सकिन्छ । राम्रोदेखि नराम्रा अनियमिततादेखि लिएर हरेक गुनासाहरू तपाईंले क्यूआर कोड स्क्यान गरी त्यसमार्फत गृहमन्त्रीसम्म पु¥याउन सक्नेगरी व्यवस्था मिलाएका छौं ।

 

LEAVE A REPLY