प्रभु बैंकको ३०४ औं शाखा बझाङमा

 

काठमाडौं ।राजधानीको बबरमहलमा मुख्यशाखाकार्यलय खोली देशैभरशाखाकार्यलय सञ्चालन गर्दैलाने उद्येश्य राखेको प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बझाङ्गमा स्थित जयपृथ्वी नगरपालिका वडा नं। १० चैनपुरमा ३०४औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ ।
बैंकको चैनपुर शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
बैंकले नेपालभर ३०४ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

LEAVE A REPLY