नागढुंगा–नौबिसे सडकखण्ड मा राती सवारी आगमन पुरै बन्द गरीने

काठमाडौँ । त्रिभुवन राजमार्ग नागढुंगा–नौबिसे सडक खण्डबुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको छ ।तर एम्बुलेन्स र सुरक्षा निकायले चलाउने सवारी साधन लाई भने रोक लागाएको छैन ।
जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा रोक लगाइने बताएको छ ।
नौबिसे खोलाको पुलमा काम गर्न सहज बनाउनु साथै सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमनलाई रोक लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

 

LEAVE A REPLY