एमाले मन्त्रीहरुको कार्यभार प्रधान मन्त्रीको काँधमा

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । यस सँगै एमालेका आठ जनामन्त्रीहरुको कार्यभार प्रधानमन्त्री पचण्डको काँधमा पर्न गएको छ ।
एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा २० को खण्ड क बमोजिम आएको राजीनामा स्वीकृत गरी उहाँहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकोी छन् ।

LEAVE A REPLY