बागमती नदीमा फसेकाह्रुको सकुशल उद्धार गरीएको डिएसपी शैलेन्द्रथापाद्धारा जानकारी

बागमती नदीमा फसेका ३ जनाको सकुशल उद्धार गरिएको छ।
शनिबार अपराह्न ४।.४० बजे काठमाडौं, कीर्तिपुर नगरपालिका(१० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद उद्धार गण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १५ जना र नम्बर १८ निलबाराही गण कीर्तिपुरबाट १० जनाको टोलीले उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएकाहरूमा हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा रहेको बुझिएको छ।

LEAVE A REPLY