चनौटे बजारको बेलिबिज जोखिममा

लगातारको वर्षापछि सिन्धुपाल्चोक हेलम्बु स्थित चनौटे बजारमा रहेको बेलिब्रिज जोखिममा परेको छ।
हेलम्बुको वडा नम्बर २ र ७ जोड्ने एकमात्रै पुल जोखिममा परेपछि त्यसलाई जोगाउन छेउछाउमा ठुल्ठूला ढुंगा हालिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाले जानकारी दिए।
२०७८ साउन १६ को भलबाढीले यहाँको पुल बगाएको २०७८ मै सेनाले बेलिब्रिज बनाएको हो।
बाढीले क्षति पुर्‍याएमा मेलम्चीको हेडवर्क्ससँगको पहुँच टुट्नेछ।
त्यतिमात्रै होइन मेलम्चीको दुइटा, पाँच पोखरीको दुइटा र हेलम्बुको तीन वटा वडाबीच सम्पर्कबिच्छेद हुने अध्यक्ष ले बताए।
‘भेमाथानमा पहिरो गयो र त्यो मिसिएर आयो भने अझै खतरा हुन्छ,’ उनले भने।
शनिबार दिउँसो मेलम्चीले खतराको तह पार गरेको थियो।
मेलम्चीमा खतराको तह ५।५ मिटर तोकिएको छ। शनिबार दिउँसो जलसतह बढेर ५।५५ मिटर पुगेको थियो।
साँझसम्म जलसतह केही घटेको छ।
बाढी पूर्वानुमान महाशाखाले साँझ सवा ६ बजे मेलम्चीमा जलसतह केही घटेर चेतावनीको तहमा पुगेको छ।
अहिले मेलम्चीमा जलसतह ५।२८ मिटर छ।
पछिल्लो चौबिस घन्टामा सिन्धुपाल्चोकका धेरै स्थानमा धेरै भारी वर्षासय मिलिमिटभन्दा बढी पानी परेको छ।
मेलम्चीमा १२९ मिलिमिटर, बोल्डेमा ११९ मिलिमिटर, ढुंगेमा ११४ मिलिमिटर, बाँसखर्कमा १०६ मिलिमिटर, गोब्रेमा १०४ मिलिमिटर वर्षा मापन भएको छ।

LEAVE A REPLY