काठमाडौँ ।निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षार्कै कारणपहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध
भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गे पुल र सिमलतालमा
पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।त्यस्तै वर्षाकै कारण पहिरोलेपुरीएको
पथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरो खसिरहेको छ । सडक दुईतर्फी खुलाउन अझै केही समय लाग्ने छ । यसैबीच, स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक यो सडकबाट यात्रा नगर्नअनुरोध गरेको छ । वर्षाकैकारण
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडक अवरुद्ध भएको छ । गएरातिको भारी वर्षाका कारण तीन ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध बनेको हो । मालढुंगादेखि बेनी सम्मको १३ किलोमिटर लामो बाटोको कुश्मा नगरपालिका– १ मालढुंगा नजिकै भिरवाट ढिस्को सहितको पहरो खसको छ ।