काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा..प्रकाशशरण महतले प्रधानमन्त्रीको शपथ सँगै अन्य मन्त्रीहरुको पनि नियुक्ति हुने बताएका छन् ।
कांग्रेस कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो । मन्त्रीहरु छनोटलाई मापदण्ड अनुसार अगाडी बढाउने त्यसका लागि योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता डाप्रकाशशरण महतले बताए ।
उनले मन्त्री छनोट र मन्त्रालयको भागभण्डका लागि आन्तरिक गृहकार्य जारी रहेको बताएका छन् । सपथ ग्रहणपछि मात्र मन्त्रालयको भागभन्डाका बारेमा थाहा पाउने उनको भनाइ छ ।








