काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
उनले भने , ‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त ज्याँदा महत्व छ, यो गम्भिर विषय पनि हो , संवेदनशिल विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र सभाबाट चाँडो भन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु । ’
पहिचान भएका विषयमा धेरै छलफल भैइसकेको जनाउँदै निष्कर्षमा पुर्याउन ढिँलाई गर्न नहुने बताए । ‘यो प्रस्ताविक विधेयकमा सदन र सभामा विस्तृत रुपमा माननीय सदस्यहरुको समेत संशोधन समेत आएर समितिमा पुगेको छ । छलफलका विषयहरु पहिचान भइसकेका छन् ।