प्रतिवेदन परिमार्जन गराउने तयारीमा सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीको केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदन परिमार्जन गर्ने तयारी गरेका छन् । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले गत साउनको अन्तिम हप्ता बसेको केन्द्रीय समिति बैठकमा आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साउन २३ देखि २८ गतेसम्म बसेर केन्द्रीय समिति बैठक महामन्त्रीहरुको प्रतिवेदमा देखिएको विवादकै कारण स्थगनमा परेको थियो । महामन्त्री थापाको प्रतिवेदनमा निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी अगाडी बढ्नुपर्ने प्रतिवेदन पेश गरेका थिए । यस्तै महामन्त्री विश्व प्रकाश शर्माले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने भन्ने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने प्रस्ताव सहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश गरेका थिए । ललितपुरको गोदावरीमा गत वर्ष २०८० फागुनमा सम्पन्न महासमिति बैठकले राय सहितको प्रतिवेदन पास गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । साउन २३ देखि २८ सम्म बसेको केन्द्रीय समिति बैठकमा महामन्त्रीहरुको प्रस्ताव पेश भएको थियो ।

महामन्त्रीहरुको उक्त प्रतिवेदन सच्याउन माग गर्दै विभिन्न राजनैतिक दलहरुले आलोचना गरेपछि प्रतिवेदन सच्याउने तयारीमा सभापति देउवाले छलफललाई तिव्रता दिएका छन् । सभापति देउवासहित संस्थापन पक्ष महामन्त्रीहरुको प्रस्ताव संशोधन गर्ने पर्ने पक्षमा उभिएका छन् ।

कांग्रेस संस्थापन पक्षले चुनावी गठबन्धन रणनीतिक भएको र एक्जिट पोलिसि विधानमा समावेश गर्न नहुने बताउदै आएको छ । प्रतिवेदनमाथि उठेको विवादका कारण बैठक भदौ ७ गते सम्मलाई स्थगन गरिएको छ ।
सभापति देउवाको स्वकीय सचिव भानु देउवाका अनुसार प्रतिवेदनमा परिमार्जन गराउने तयारीका साथ देउवा पदाधिकारीहरुसँग छलफलमा लागेका छन् । स्थिगित भएको कांग्रेस केन्द्रीय समिति बैठक निकट भविष्य देखि नै शुरु हुँदैछ ।

LEAVE A REPLY