काठमाडौं । गत निर्वाचनमा संघमा मात्र भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपा पहिलो पटक स्थानीय निर्वाचनमा समेत सहभागी हुने भएको छ । २०७९ को स्थानीय निर्वाचनपछि गठन भएको रास्वपाले प्रतिनिधिसभामा आठ प्रत्यक्ष सिट र १३ समानुपातिक सिट हासिल गरेको थियो । केही दिन अघि बसेको रास्वपा बैठकले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । स्मरण रहोस्, निर्वाचन आयोगले आगामी मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्ने तयारी गरिरहेको छ ।
विविध कारणले जनप्रतिनिधि रिक्त भएका २५ पदमा उपनिर्वाचन गर्नुपर्ने छ । निर्वाचन आयोगका अनुसार नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष दुई र वडा अध्यक्ष २१ गरी २५ पदका लागि उपनिर्वाचन
हुनेछ । रास्वपाका कार्यवाहक प्रवक्त मनिष झाका अनुसार रास्वपा केन्द्रीय समिति बैठकले स्थानीय तहको उपनिर्वाचनमा सर्वसम्मत निर्णय गरेको हो । बैठकले पार्टीका गतिविधिलाई स्थानीय तहको उपनिर्वाचन लक्षित गराउने निर्णय गरेका झाले बताए ।
रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीको प्रथम राष्ट्रिय भेला आगामी असोज १ र २ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले पार्टीका बन्द कार्यशालाहरुमा प्राप्त सुझावका आधारमा पहिलो राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । भेलाले पार्टी कामको समिक्षा र रणनीति निर्माण गर्ने जनाइएको
छ । यसैबीच बैठकले यही भाद्र १५ गते कर्णाली प्रेशमा भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ । असोज ३ गते संविधान दिवसको सन्दर्भमा संविधान संशोधनसँग सम्बन्धित नीति मन्थन कार्यक्रम आयोजना गर्ने पनि रास्वपाले निर्णय गरेको छ ।