राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको राष्ट्रिय भेला भोली सकिने ।

काठमाण्डौ,प्रज्ञा प्रतिष्ठान कमलादीमा आज सुरु भएको रास्वपाको भेला भोलि बुधबारसम्म चल्नेछ ।
भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्यमान्यता, उम्मेदवार क्लब, लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जानकारी दिएको छ ।
सभापति रवि लामिछानेले भेलामा भोली राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।
यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ ।
भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी हुनेछन् । निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक, उपसंयोजक, प्रदेशको समितिरविभाग, केन्द्रीय समिति, विभाग, आयोगहरूबाट प्रतिनिधित्व रहनेछ ।
भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने रास्वपाले अपेक्षा राखेको छ ।
आज पहिलो दिन संगठन विभाग प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ ।
पार्टी सभापति लामिछानेको प्रतिवेदन भने बुधबार पेस हुने जनाईएको छ ।

LEAVE A REPLY