प्रजातन्त्रको खिलापमा संविधान संशोधन हुँदैन ः सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको खिलापमा संविधान संशोधन नहुने बताएका छन् । आज मंगलबार कांग्रेस कानुन विभागले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र आफू प्रजातन्त्रको लागि जेलनेल भोगेर आएको भन्दै खिलापमा संविधान संशोधन नहुने विश्वास दिलाएका हुन् ।
ओलीजी प्रधानमन्त्री हुँदाखेरी उहाँले संविधानमा संशोधन गर्नसक्ने कुरा भन्नुभएको छ, त्यो प्रजातन्त्रको खिलापमा होईन । प्रजातन्त्रलाई अझ मझ्बुद बनाउने किसिमको सुधार हुने कुरा हुनसक्छ । हामी सबै प्रजातन्त्रका लागि लडेको पार्टी हो ।’ सभापति देउवाले भने, ‘व्यक्तिगत रुपमा भन्ने हो भने मैले ओलीजीलाई पहिलो पटक जेलमा भेटेको । हामी प्रजातन्त्रको लागि विद्यार्थी कालदेखि नै लडेर आएको, जेल, नेल सबै भोगेको पार्टी हो । प्रजातन्त्रको खिलापमा कुनै काम हुँदैन ।’
साथै, संविधान संशोधनमार्फत प्रदेश संरचना हटाउन सकिने अवस्था नरहेको उनले बताए । प्रदेशलाई उत्तरदायी र पारदर्शी बनाउने बारे सोच्नुपर्ने देउवाले बताए । सभापति देउवाले समानुपातिकको सम्बन्धमा केही कुराहरु उठेपनि समावेशीको खिलापमा जनमत नरहेको पनि बताए ।

LEAVE A REPLY