का.वा. प्रधानमन्त्री प्रकाशमानसिहंद्वारा चाणिकलाल तामाङलाई सम्मान

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङले देखाएको साहसको प्रशंसा गर्दै शहरी विकास मन्त्रालयमा सिंहले तामाङलाई सम्मान गरेका हुन् ।
तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए । कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदिमा बगिरहेकाहरुको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरे ।
‘तपाईंले आफैलाई जोखिममा राखेर उद्धारमा खटिनुभयो । मानवीयता देखाउनुभयो । तपाईंको साहसको उच्च प्रशंसा गर्दछु,’ उनले भने, ‘ सरकारले अहिले राहत र उद्धारमा काम गरिरहेको छ । घाइतेहरुको उपचारको जिम्मा लिने भनेर घोषणा गरिसकेको छ । घाइतेको उपचारमा सरकारले प्राथमिकताका साथ काम गरिररहेको छ । ’ तामाङले घाइतेहरुको उपचारमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

 

LEAVE A REPLY