आज देखि दशैंका लागि सुकिला नोट वितरण गरिने

,
काठमाडौँ । दसैँका लागि सुकिला नोट वितरण आजदेखि सुरु हुँदै छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखाहरूबाट नोट सटहीको गरिनेछ ।
बैंकका प्रवक्ता रामु पौडेलले यसका लागि सम्बन्धित संस्था तथा शाखा कार्यालयलाई निर्देशन दिइसकेको र आवश्यक नोट उपलब्ध समेत गराएको बताए । ुसर्वसाधारणलाई चाहिनेजति नोट सटही गर्न सक्ने व्यवस्था गरेका छौँ,ु प्रवक्ता पौडेलले भने, ुबैंकहरु आफैँसँग पनि त्यस्तो नोट छ, नपुगेको नोट राष्ट्र बैंकले उपलब्ध गराउँछ
नयाँ नोट र सुकिलो नोटमा के फरक छ ?
नयाँ नोट र पुराना नोट झट्ट हेर्दा उस्तै देखिन्छ । नयाँ नोटमा नोट नम्बर क्रमश रहेको हुन्छ भनें सुकिला नोटमा नोट नम्बर क्रमशः नभएर छास्मिस् भएका हुन्छन् । नयाँ नोट छपाइ गरेर ल्याएपछि पहिलोपल्ट ढुकुटीबाट निकालिन्थ्यो र सटही गरिन्थ्यो । नयाँ नोट पाएकाहरू सम्बन्धित नोटको पहिलो प्रयोगकर्ता हुन्थे । तर सुकिला नोट भनें एकपटक बजार पुगेर बैंकमा फर्काइएको हुन्छ ।
आजदेखि सटही हुने नोट भने कम्तीमा एकपटक बजारमा पुगेर फर्किसकेको हुनेछ । प्रवक्ता पौडेल अनुसार देख्दा यी नोटहरू पनि नयाँ हुने बताउँछन् । सामान्यतया एकपटक प्रयोग भएर आएको पैसालाई सटही गर्ने उनको भनाइ छ । तर नोट प्रयोग कर्ता ग्राहकहरु भनें सुकिला नोट प्रति उत्साहित देखिएका छैनन् ।
बजारमा नयाँ नोटको सट्टा सुकिला नोटको वितरण गर्ने निर्णय गरेका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकका कर्मचारीमार्फत हुनसक्ने नयाँ नोटको चुहावटमा समेत कडाइ गर्न निर्देशन दिएका छन् ।

 

LEAVE A REPLY