किशनलाल दुगड एक भव्यकार्यक्रमका विच ‘जैन समाज रत्न’ सम्मानबाट सम्मानित

काठमाडौं । केएल दुगड समूहका अध्यक्ष तथा समाजसेवी किशनलाल दुगडलाई भारत जैन महामण्डलले भारतको मुम्बईमा २२ सेप्टेम्बर २०२४ का दिन भव्य कार्यक्रमको आयोजना गरी ‘जैन समाज रत्न’ पुरस्कारबाट सम्मानित गरेको छ ।

यो सम्मान भारतको लोकसभाका सम्माननीय सभामुख ओम बिरलाले प्रदान गर्नु भएको हो । यस किसिमको सम्मान प्राप्त गर्ने दुगड पहिलो र एक मात्र नेपाली व्यक्तित्व हुनुहुन्छ ।
कार्यत्रममा सम्माननीय सभामुख, प्रधानन्यायाधीश धनन्जय चन्द्रचुड लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
जैन समाज रत्न पुरस्कार समाजको उत्थान, विशेष गरी जैन समुदाय भित्र सामाजिक सेवाको क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने व्यक्तिहरूलाई दिइन्छ ।
सन् १८९९ मा स्थापना भएको भारत जैन महामण्डलले जैन समुदायलाई सामाजिक सेवाका लागि एकजुट गर्ने लक्ष्य राखेको छ ।
किशनलाल दुगड ज्यूलाइ सुदामा डट्कम.का तर्फबाट हार्दिक बधाई

LEAVE A REPLY