काठमाडौँ , नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा कांगे्रसले एकल बहुभतको सरकार बनाउन विगतका कमि कमजोरिुलाई विर्सिएर नयाँरुपमा अघि बढ्नु पर्ने
बताएका छन्।
शुक्रवार महोत्तरीको जलेश्वरमा आयोजित नेपाली काँग्रेस जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले गठबन्धनको विषय स्थायी नभएको र गठबन्धन गर्ने निर्णय तत्कालीन राजनीतिक अवस्थामा पार्टीले लिएको रणनीतिको निर्णय भएको बताए।
उनले रणनीतिक निर्णयअन्तर्गत २०७४ सालको निर्वाचनमा स्थानीय तहमा राम्रो गरे पनि सोही गठबन्धन प्रदेश र संघ निर्वाचनमा हुन नसक्दा क्षति व्यहोर्नुपरेको बताए। उनले २०७९ को गठबन्धन तत्कालीन सरकारका प्रमुख ९केपी शर्मा ओली०ले पटक पटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधिसभाको विघटन गरेका कारण बनाउनुपरेको बताए।
खड्काले भने, ‘गठबन्धनको विषयलाई म लामो व्याख्या गर्न चाहन्न, गठबन्धन स्थायी होइन। तत्कालीन राजनीतिक अवस्था र परिवेशमा पार्टीले लिएको रणनीतिको निर्णय हो। २०७९ को गठबन्धन तत्कालीन सरकारका प्रमुखले पटक पटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधिसभा विघटन लगायतका असंवैधानिक कदमको विरुद्धमा उभिएका नेता, पार्टी, नागरिक समाजलाई लिएर हामी सरकार निर्माणको प्रक्रियामा अघि बढ्यौँ।’
उपसभापति खड्काले काँग्रेसले आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउन विगतका कमजोरी बिर्सिएर नयाँ रूपमा अघि बढ्नुपर्ने बताए।







