न्याय परिषदले सिफारिस गर्यो, ३१ जिल्लाका उपनिर्वाचनका लागि मुख्य अधिकृत र निर्वाचन अधिकृत

काठमाडौं ,न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ। ​परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो। २०७९ साल मंसिर ४ गते सम्मपन्न निर्वाचन पछि विभिन्न कारणले उक्त स्थानमा सासंदहरुको पद रिक्त भएको थियो ।

परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ।

जिल्ला अदालतका न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृत तोकिएका हुन्। त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ।

LEAVE A REPLY