काठमाडौं , ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी रूपमा विविध कार्यकम गरी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ। उसै अवसरमा शहरी विकास तथा भवन निर्माण विभागका महाँनिर्देशक मचाकाजी महर्जनले विगत देखि हाल सम्म पटक पटक जाँदै गरेको भूकम्पलाई मध्य नजर गर्दै आफ्ना घर संरचनाहरु बलियो नाउनु पर्नेमा जोड दिनु भएको छ ।
विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष आको दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ।
यस्तै खानी तथा भूगर्भ विभाग अन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्प गएमा के गर्ने? के नगर्ने? विपद्मा कसरी संयमता अपनाउन? सुरक्षित हुने तरिकाहरू के हुने? लगायत विषयमा सचेतना बढाउन सकेमा आगामी दिनमा भूकम्पीय क्षति कम गर्न सकिने बताउँछन्।
१९९० माघ २ मा संखुवासभाको चैनपुर केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी नेपालमा आठ हजार पाँच सय १९ जना र भारतको बिहारमा सात हजारभन्दा बढी गरी करिब १६ हजार जनाको मृत्यु भएको थियो भने ८० हजार घर सहित दुई लाख सात हजारभन्दा बढी संरचना भत्किएका थिए। त्य यता पनि पटक पटक भूकम्पहरु गईरहेका छन् ।
२०४५ साल भदौं ५ गते उदयपुर केन्द्र भएर गएको भूकम्पमा ७ सय मानिसले ज्यान गुमाएका थिए। यसैगरी २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पमा करिब ९ हजारको मृत्यु भएको थियो।
यस्तै २०८० सालको कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा पनि जनधनको धेरै क्षति भएको थियो। उक्त भूकम्पमा परी १५३ जनाको मृत्यु भएको थियो। केहिदिन अघि पनि चीनमा शक्तिशाली भूकम्प गएको छ ।