काठमाडौँ , सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको आदेशपछि ६० लाख धरौटी बुझाएर निस्किएका रास्वपाका सभापति रवि लामिछानेले न्याय अझै नमरेको टिप्पणी गरेका छन्।
उनले भने, ुसहयोग गर्ने सबैलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु, न्याय प्रक्रियालाई सघाउन आएको हुँदा अदालतप्रति सम्मान प्रकट गर्न चाहन्छु, न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु, यो देशमा न्याय मरेको छैन।ु
पूर्वगृहमन्त्री लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आज आदेश दिएको थियो। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उक्त आदेश दिएको हो।