काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरू ल्याइएको बताएका छन्।
उनले अध्यादेश सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि ल्याएकाले सत्तापक्षका दलको असहमति नभएको जिकिर गरेका छन्
हालै राष्ट्रपतिबाट जारी भएका अध्यादेशका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जारी गर्नैपर्ने भएकाले सावधानी र मेहनताका साथ अध्यादेश सिफारिस गरिएको बताए।
उनले भूमिसम्बन्धी अध्यादेश अध्ययनका क्रममा रहेको तर नरोकिएको बताए। अध्यादेशको विरोध भयो भनेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबारे नक्कली विज्ञप्ति आएको र ती सबै भ्रमहरू चिरिएका उनले बताए।