काडमाण्डौ, नेपाल आयलनिगमले आफ्नो ५५ औं वार्षिकोत्सवको अवसरमा निगमका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइतलाइ सर्वोकृष्ट कर्मचारी सम्मानबाट पुरष्कृत गरेको छ । निगमले हरेक वर्ष आफ्ना सस्थापक निर्र्र्देशक सुवर्ण विक्रम थापाको स्मृतिमा एक जना कर्मचारीलाइ सर्वोकृष्ट कर्मचारी सम्मानले पुरस्कृत गर्दै आइरहेको छ । सोहि नीति अनुसार यस पटक नायव कार्यकारी निर्देशक वीरेन्द्र गोईतलाइ सर्वोकृष्ट कर्मचारी सम्मान प्रदान गरिएको हो ।
गत शुक्रबार निगमको आफ्नै प्राडगणमा भव्य तथा सभ्यरुपमा आयोजित वार्षिकोत्सव समार।ोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गोईतलाई रु ५१ हजार नगदले पुरस्कृत गरेका हुन् । गोइत२०५२ साल जेठ १ गते आयल निगममा प्रवेश गरेका थिए । उनी नायव कार्यकारी निर्देशकको ४ वर्षे कार्यकाल अवधिका कारण आगामी जेठमा अवकाश हुदै छन् । उनले ६ वर्ष अघि निगम प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।