सुदामा सम्वाददाता,
नुवाकोट,सुईरे चौर । सम्पादक समाज नेपाललेआज नुवाकोटको सुइरे चौरस्थित गाविन्द वियोगी भवनमा सम्पादक समाज नेपालका सस्थापक अध्यक्ष तथा वरिष्ट पत्रकार गोविन्द वीयोगीको स्मिृति दिवसको अवसरमा एक भव्य तथा सभ्य कार्यक्रमको आयोजना गरी गोविन्द वीयोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्मन्न गरेको छ । कार्यक्रका प्रमुख अतिथिद्वारा पुरस्कृत पत्राकारहरुलाई नगद र प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
सम्पादक समाज नेपालले “ गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०८१ “ पर्वत जिल्लामा महिलाहरुद्वारा सञ्चालित सामुदायिक रेडियो दिदी बहिनी ९५.२ लाई प्रदान गरेको छ । सस्थागत रुपमा प्रदान गरिएको यो पुरस्कारको राशी रु.२५ हजारको रहेको छ । यस्तै गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार यस वर्ष जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहनु भएका राजधानी दैनिकका बझाङ्ग जिल्ला संवाददाता एवं नेपालपत्राकार महांसघ बझाङ्गका सभापति डि. वि. विष्ट र नुवाकोटमारहेर विभिन्न सञ्चारमाध्यममा आवद्ध हुदै हाल “यो समय अनलाइा “ को सम्पादन गरिरहनु भएका ध्रुव रावललाइ प्रदान गरिएको छ । यो पुरस्कारको राशी जनहि रु १५ हजारको रहेको छ ।
यस्तै सम्पादक समाज नेपालले यो वर्ष वरिष्ट पत्राकार युवराज घिमिरेसलाई सम्पादक समाज नेपालबाट सम्मानित गरेको छ । यस्तै सम्पादक समाज नेपालले लामो समयदेखि सम्पादक समाज नेपालको अभिभावकत्व गर्दै आइरहनु भएकी गोविन्द वियोगी कि धर्मपत्नी श्री कष्ण वदन वैद्यलाई ९० वर्ष प्रवेश गर्नु भएकोमा अभिनन्दन समेत गरेको छ ।