राप्रपाको केन्द्रीय बैठक माघ ११ र १२ गते

काठमाडौं । देशको फरक धारको नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०को केन्द्रीय समिति बैठक यही माघ ११ र १२ गते बस्ने भएको छ । यो बैठकबाट राप्रपाको भावी रणनीति र आगामी आन्दोलनको रुपरेखा तय गरिने प्रवक्ता गोपाल दाहालले बताएको छ । राप्रपाले पहिले काठमाडौं बाहिरका जनतालाई जागरुक गरेर काठमाडौं केन्द्रीत आन्दोलन गर्ने रणनीति बनाउँदै छ । ‘राप्रपा यति बेला संगठन केन्द्रीत पनि छ । कार्यकर्तालाई पहिला जागरुप गराउँदै छ ।’ प्रवक्ता दाहालले बताए ।
राप्रपाका केन्द्रीय सदस्य शशि सिलवालले राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको भन्दै पार्टी अझ बढी सक्रिय हुनुपर्ने समेत बताए । ‘राप्रपाप्रति बढ्दो आकर्षणलाई सदुपयोग गर्न सबै तहका नेताहरु एकताबद्ध भएर टोल, वडा, क्षेत्र, जिल्लामा पुग्न ढिलाई गर्नुहुन्न ।’सिलवालले बताए ।

LEAVE A REPLY