एकीकृत समाजवादी पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । यस सँगै उनको काँधमा अध्यक्षको कार्यभार आईपरेको हो । तिनकुनेस्थित पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो ।
यसअघि श्रेष्ठ संगठनका महासचिव थिए। पार्टीले एक व्यक्ति एक पदको अवधारणा अघि सारेपछि आरती लामालाई अखिलबाट बिदा गरिएको थियो। त्यसैगरी, उपाध्यक्षमा अशोक थापा, कल्याण दाहाल, किशोर टन्डन, भूपेन्द्र शाह, मिलन राई, दिनेश , मेघनाथ चापागाईं, डम्बर सिंह, राजकिशोर यादव, नरेश न्यौपाने रहेका छन्।
त्यस्तै, संगठनको महासचिवमा राजन शर्मा पराजुली चयन भएका छन्।








