Page 3

सर्वोच्च अदालतद्धारा बेचन झालाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ ।
विहिबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो ।
थुनामा रहेका झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए । सो रिट असार ३१ गते न्यायाधीश विनोश शर्मा र गत साउन ६ गते ढुंगानका कै इजलासमा पेशी परेको थियो । तर, आफू अनुकुलका न्यायाधीश नभएको भन्दै उनका कानून व्यवसायीले पेशी स्थगित गरेको थियो ।
झालाई प्रहरीले गत असार १५ गते राति पक्राउ गरेको तियो। झालाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ ।

नेपालको पहिलो मुुख्य सचिवमा लिलादेवी गड्तौता नियुक्त

काठमाडौँ । सरकारले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए
सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छिन् ।यसअघि प्रचण्ड नेतृत्वको सरकारले गड्तौलालाई कामु मुख्यसचिव बनाएको थियो ।
तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो।

जहाजहरूको परीक्षण र अनुगमन कडाबनाउन सभापति देउवाको माग

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग हवाई सुरक्षा प्रभावकारी बनाउनका लागि कडाइका साथ जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा लागू गराउन आग्रह गरेका छन् ।
काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार १८ जनाको मृत्यु हुने गरी सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि उनले सरकारसँग यस्तो माग गरेका हुन् ।

‘हवाई सुरक्षालाई प्रभावकारी बनाउन जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा कडाइका साथ लागू गराउन सरकारसँग अनुरोध गर्दछु,’ पूर्वप्रधानमन्त्री देउवाले एक्स ट्विटरमा लेखेका छन् ।
उनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले आफू निकै मर्माहत भएको पनि बताएका छन् ।
‘दुर्घटनामा निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना,’ सभापति देउवाले लेखेका छन् ।

 

खोटाङरुपाकोटको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना

खोटाङ । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।सो
अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ जनाको टोली खटाइएको खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
निर्मलीडाँडाको व्यापारिक केन्द्र पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै निर्मलीडाँडा र बाँझेच्यानडाँडाका बासिन्दाले शान्ति, सुरक्षाको महसुस गरेका वडाध्यक्ष दिनेशकुमार कठेतले बताए ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भाजकपुर सडकखण्डको पेलुङमा स्थापना गरिएको प्रहरी चौकी बुधबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गर्नुपरे कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दाको उपस्थिति थियो ।

सोही कार्यक्रममा प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय समाजसेवी केशरमान राई र अर्थमान राईले दुईरदुई रोपनी जग्गा उपलब्ध गराउनुभएको हो । जग्गादाता राई द्वयलाई सम्मान गरिएको थियो ।
दश स्थानीय तह रहेको खोटाङमा निर्मलीडाँडासँगै २३ स्थानमा प्रहरी चौकी स्थापना भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडा रहेको जिल्लामा जिल्ला प्रहरी कार्यालय, छवटा इलाका प्रहरी कार्यालय, तीन वटा विमानस्थल सुरक्षा गार्ड, पाँचवटा अस्थायी प्रहरी सहायता कक्ष तथा एक पर्यटक प्रहरी सहायता कक्ष सञ्चालनमा छन् ।

अध्यक्ष सिटौलाले गरेप्रभु स्टक मार्केट लिमिटेडको उद्घाटन

काठमाडौं । प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाले औपचारिक उद्घाटन गरेका छन् ।
सो कार्यक्रमा शुभकामना मन्तब्य दिँदै उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोवारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे ।
व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकास आफ्नो तर्पmबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउन सकोस् भनी शुभकामना समेत व्यक्त गरे ।
सोही कार्यक्रका विशेष अतिथि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको भन्दै शुभकामना व्यक्त गरे ।
प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिंदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सौर्य एयरलाइन्सको दुखद घट्नाबारे छान्विन गछौं ः मन्त्री लेखक

काठमाडौँ । गृह मन्त्री रमेश लेखकले सौर्य एयरलाइन्सको दुखद् जहाज दुर्घटनाबारे छानबिन गर्ने बताएका छन्।
बुधबार ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको जहाज केहीबेरमै दुर्घटनामा परेको थियो।
जहाजमा रहेका क्याप्टेन मनीष शाक्य मात्रै जीवित छन् भने १८ जनाको मृत्यु भएको छ। घटनास्थल निरीक्षणमा पुगेका गृहमन्त्री लेखकले दुःखद घटना घटेको र यसको छानबिन गर्ने बताएका छन्।

‘दुःखद घटना घट्यो, जहाज दुर्घटनाबारे छानबिन गर्छौँ,’ लेखकले पत्रकारहरूसँग भने, ‘विस्तृतमा छानबिन गर्छौँ।’
जहाज दुर्घटनापछि अग्नि नियन्त्रकहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत उद्धारमा खटिएका थिए।
क्याप्टेन शाक्यलाई उद्धार गरेर उपचार गर्न अस्पताल पुर्‍याइएको थियो। उनी बोल्न सक्ने र खतरामुक्त अवस्थामा रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
सौर्यको ९ एन(एएमईरसिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको हो ।

हिमालयन डिस्टिलरीलाई सर्वोत्कृष्ट गोल्ड पुरस्कारले सम्मान गरियो

काठमाडौं । साउन ८, नेपालको अग्रणी मदिरा उत्पादन कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कारबाट सम्मानित भएको छ ।
इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल आइक्यानको १० औं वार्षिक परिषदको भब्य समारोह मार्फत हिमालयन डिस्टिलरीलाई सम्मान गरिएको हो ।
उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको यस कम्पनीलाई आफ्ना प्रयासहरुमा यस पुरस्कारबाट अझै हौसला मिलेको छ ।
उत्पादन क्ष्त्र।मा राष्ट्रिय प्रतिवेदन पुरस्कारको सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित भएको हिमालयन डिस्टिलरी आफ्ना वितरक, कर्मचारी, ब्यवस्थापन, सेयरधनी सहित सम्पूर्ण निरन्तर सहयोग र साझेदारीका निम्ति हार्दिक कृतज्ञता समेत ब्यक्त गर्दछ ।
उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागी साउथ एसियन फेडरेसन अझ अकाउन्टेन्टस साफामा पठाइने भएकाले नेपालको प्रतिनिधित्व गर्दै सुशासनमा प्रतिस्पर्धाका निम्ति हौसला प्राप्त भएको छ ।
भविष्यका लागि, हिमालयन डिस्टिलरी लिमिटेड दक्षिण एशियाली स्तरमा नेपालको प्रतिनिधित्व गर्दै सुशासनको अभियानको नेतृत्व गर्न उत्साहित छ ।
सन् १९८५ मा स्थापना भएको हिमालयन डिस्टिलरी मुलुकको अग्रणी मदिरा उत्पादक हो । खोज, विकास, उत्पादन र बजारमा गुणस्तर कायम गर्न हिमालयन डिस्टिलरीको महत्वपूर्ण योगदान छ ।
हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्लाक ओक, सिल्भर ओक जस्ता लोकप्रिय मदिरा उत्पादन गर्दै आएको छ ।

कोशी ट्राफिक व्यवस्थापनले उठायो १७ करोड माथि राजश्व

विराटनगर। कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन अन्तर्गत आर्थिक वर्ष २०८०र८१ मा कूल रु १७ करोड ३१ लाख १५ हजार राजस्व संकलन भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ट्राफिक प्रहरीले ८० दशमलव ५५ प्रतिशत प्रगति हासिल गरी दुई लाख ५५ हजार नौ सय १२ वटा सवारी चालकलाई कारवाही गरेको थियो ।
उक्त आवमा तीन हजार पाँच सय ६३ वटा दुर्घटना हुँदा तीन सय ९७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी छ हजार ७६ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार आव २०७९÷८० मा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारवाहीमा परेका थिए । उक्त कारबाहीबाट रु १८ करोड एक लाख ५९ राजस्व संकलन भएको थियो । सो अवधिमा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारवाहीमा परेका थिए ।
तीन हजार आठ सय २० सवारी दुर्घटना हुँदा पाँच सय ३१ जनाको ज्यान गएको थियो । छ हजार छ सय ४८ जना घाइते भएका थिए ।

बङ्गलादेशबाट दिनमा तीन सय ४० नेपाली विद्यार्थी नेपाल आउने क्रम जारी

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै तीन दिनमा तीन सय ४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका हुन् ।
अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बिहीबार ८५, शुक्रबार एक सय १४ र शनिबार एक सय ४१ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका जानकारी दिए । नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएको उनले बताए ।
‘माल्दिभ्सकी छात्रा नेपालीसँगै त्यहाँ अध्ययन गर्नुहुँदो रहेछ’, अध्यागमन प्रमुख पनेरुले भने, ‘आन्दोलनका कारण हिंसा बढेपछि उनी पनि नेपालीसँगै यहाँ आइन् । भारतीय अध्यागमन अधिकारीले पनि उनीलाई नेपाल जान अनुमति दिएका उनीले हामीलाई जानकारी दिइन् ।’
चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशमा रहँदै आएका छन् । केही समययता बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले उग्ररुप लिएको छ । त्यहाँ रहेका सम्पूर्ण शिक्षण संस्थाहरू बन्द गरिएका छन् ।

ढाकास्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख पनेरुले जानकारी दिए । कुनै कारणवश होस्टेलबाट बाहिरिनु पर्ने भएमा दूतावासमा जानकारी गराउनसमेत भनिएको उनले बताए ।

बङ्गलादेशमा हिंसात्मक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले बङ्गलादेश बस्नुभन्दा स्वदेश फर्किनु उचित सम्झेर परिवारसँग सम्पर्क गरिरहेका अध्यागमन प्रमुख पनेरुले बताए ।

राजधानी ढाकाबाट २० किलोमिटर टाढा इनाम मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेका भुषण पोखरेल ‘कफ्र्यू’का कारण स्वदेश फर्किन नसकिरहेको उनका बुबा जयधर्म पोखरेलले बताए । ‘धेरै नेपाली विद्यार्थी कफ्र्यूका कारण होस्टेलबाट सडकमा निस्कने अवस्था छैन’, छोरालाई उद्धृद गर्दै उनले भने, ‘ढाकास्थित नेपाली दूतावासले सुरक्षा र प्रहरीको निगरानीमा एयरपोर्टसम्म पुर्‍याउने व्यवस्था गरिदिए धेरै विद्यार्थी घर फर्किने थिए ।’

बङ्गलादेशमा इन्टरनेट सेवा बन्द गरिँदा ‘वाट्स एप’, ‘मेसेन्जर’ लगायत सामाजिक सञ्जालका साथै मोबाइल एप्लिकेसनबाट सम्पर्क स्थापित गर्न नसकिएको अभिभावक पोखरेलले जानकारी दिए । टेलिफोन सम्पर्कमा समेत नेटवर्कको समस्या देखिने गरेको उनले बताए ।

इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार गएको पहिरोमा परी २९ जनाको मृत्यु

 

दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १० बजे इथियोपियामा पहिरो गएको थियो । पहिरोमा परी मृत्यु हुनेमा एक सय ४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र सरकारी सञ्चार मामिला विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इथियोपियामा जुलाईमा सुरु भएको र सेप्टेम्बरको मध्यसम्म रहने अपेक्षा गरिएको वर्षाको मौसममा घातक पहिरो गएको हो । पूर्वी अफ्रिकी देशका केही भागमा मौसमी वर्षाले कहिलेकाहीँ घातक पहिरो निम्त्याउँछ ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...