सौर्य एयरलाइन्सको दुखद घट्नाबारे छान्विन गछौं ः मन्त्री लेखक

काठमाडौँ । गृह मन्त्री रमेश लेखकले सौर्य एयरलाइन्सको दुखद् जहाज दुर्घटनाबारे छानबिन गर्ने बताएका छन्।
बुधबार ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको जहाज केहीबेरमै दुर्घटनामा परेको थियो।
जहाजमा रहेका क्याप्टेन मनीष शाक्य मात्रै जीवित छन् भने १८ जनाको मृत्यु भएको छ। घटनास्थल निरीक्षणमा पुगेका गृहमन्त्री लेखकले दुःखद घटना घटेको र यसको छानबिन गर्ने बताएका छन्।

‘दुःखद घटना घट्यो, जहाज दुर्घटनाबारे छानबिन गर्छौँ,’ लेखकले पत्रकारहरूसँग भने, ‘विस्तृतमा छानबिन गर्छौँ।’
जहाज दुर्घटनापछि अग्नि नियन्त्रकहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत उद्धारमा खटिएका थिए।
क्याप्टेन शाक्यलाई उद्धार गरेर उपचार गर्न अस्पताल पुर्‍याइएको थियो। उनी बोल्न सक्ने र खतरामुक्त अवस्थामा रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
सौर्यको ९ एन(एएमईरसिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको हो ।

LEAVE A REPLY