इलाममा बृहत् च्याब्रुङ नाच प्रदर्शन,बजाइए ५ सय भन्दा बढी च्याब्रुङ बाजा

इलाम, जेठ १६ गते । लिम्बू जातिको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले इलामको माङ्सेबुङ गाउँपालिकामा ‘केलाङ प्रदर्शनी’ गरिएको छ । माङ्सेबुङमा रहेको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल गजुरमुखी धाममा आयोजित विशेष कार्यक्रममा जिल्लाभरिका पाँच सयभन्दा बढी च्याब्रुङ एकैसाथ बजाएर ऐतिहासिक प्रदर्शन गरिएको हो ।
कोशी प्रदेशका प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा लिम्बू समुदायका बालबालिकादेखि वृद्धवृद्धासम्मले केलाङ च्याब्रुङ नाच प्रदर्शन गरेका थिए । कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका छुट्टाछुट्टै च्याब्रुङ टोलीको सहभागिता रहेको थियो । यसैगरी, सबै पालिकाका प्रमुख तथा उपप्रमुखहरूको समेत कार्यक्रममा उपस्थिति थियो ।
किरात याक्थुङ चुम्लुङको आयोजनामा भएको यस कार्यक्रममा जिल्लामै पहिलो पटक यति ठूलो संख्यामा पाँच सयभन्दा बढी च्याब्रुङ बाजा प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY