अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको स्वास्थ्यमा सुधार, शुभचिन्तकहरु राहतको सास फेर्दै

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। स्वास्थ्यमा अचानक समस्या देखिएपछि केही दिनअघि उनलाई काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको ट्युमरको सफल शल्यक्रिया गरेको हो।
अभिनेता तथा निर्माता दीपकराज गिरीका अनुसार शल्यक्रिया सफल भएसँगै दीपाश्रीको स्वास्थ्य अवस्था तीव्र गतिमा सुधारोन्मुख रहेको छ। उनलाई हालै आईसीयू बाट जनरल वार्डमा सारेर थप उपचार तथा हेरचाह भइरहेको छ।
चलचित्र ‘छ माया छपक्कै २’ को छायांकन सुटिङ चलिरहेकै समयमा दीपाश्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। स्वास्थ्यमा थप जटिलता नआओस् भनी चिकित्सकहरूको सल्लाहमा तत्कालै शल्यक्रिया गर्ने निर्णय लिइएको पारिवारिक स्रोतले जनाएको छ। ट्युमरको सफल शल्यक्रिया भएसँगै उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि चलचित्रकर्मी तथा उनका शुभचिन्तकहरूले राहतको सास फेरेका छन्।

LEAVE A REPLY