काठमाडौं । नेपाल भलिबल लिग एनभीएलले आफ्नो पहिलो संस्करणका लागि सबै ६ वटा फ्रेन्चाइज टोलीको मुख्य प्रशिक्षक छनोट तथा बाँडफाँड प्रक्रिया काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा सफलतापूर्वक सम्पन्न गरेको छ।
नेपाल भलिबल संघको समन्वय तथा नेपाल भलिबल लिगको नियमावली अनुसार सम्पन्न उक्त प्रक्रिया निष्पक्ष, पारदर्शी र सहमतिपूर्ण ढंगले सम्पन्न भएको हो । कार्यक्रममा सहभागी सबै फ्रेन्चाइजका आधिकारिक प्रतिनिधिहरूले प्रशिक्षक बाँडफाँड प्रक्रियाप्रति आफ्नो पूर्ण सहमति जनाउँदै आधिकारिक रूपमा हस्ताक्षर गरेका छन् ।
फ्रेन्चाइज अनुसार नियुक्त मुख्य प्रशिक्षकहरू यस प्रकार रहेका छः
र्१) सगरमाथा स्म्यासर्स – उत्सव खड्का
२)मधेश वारियर्स – भारत यादव
३)काठमाडौं रेड्स – निपा बहादुर बि।के।
४)अन्नपूर्ण स्पाइकर किंग्स – रमेश के।सी।
५) कर्णाली शिवराज – चन्द्रबहादुर कुँवर
६)खप्तड फाल्कन्स – रुपेश कुमार बिष्
नेपाल भलिबल लिगले नेपाली भलिबललाई व्यावसायिक, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्यसहित काम गरिरहेको छ ।









