मोरक्कोलाई २—० ले पराजित गर्दै फ्रान्स सेमिफाइनालामा प्रवेश

काठमाडौँ । फिफा विश्वकप —२०२६ अन्तर्गत मोरक्कोलाई २—० ले पराजित गर्दै फ्रान्स सेमिफाइनालामा पुगेको छ।
शुक्रबार बिहान अमेरिकाको बोस्टन स्टेडियममाभएक खेलमा फ्रान्सको जितको लागि कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेले १—१ गोल गरे।
पहिलो हाफमा एम्बाप्पेले पेनाल्टी मिस गरे। दुवैतर्फबाट पहिलो हाफमा गोल हुन सकेन। दोस्रो हाफमा फ्रान्सका लागि एम्बाप्पे र डेम्बेलेले ११ गोल गरे।
यो जितसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सन् २०१८ को विश्व विजेता तथा २०२२ को उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ।
आजको गोलसहित फ्रान्सेली कप्तान एम्बाप्पेको जारी विश्वकपमा गरेको गोलको संख्या ८ पुगेको छ। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीको बराबर गोल गरेका छन्।

LEAVE A REPLY