नेपालगञ्ज।नेपालगञ्जमा रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
उनकानुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन्। बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ।
बर्दियाका एक जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ।
ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको र बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।
नेपालगञ्जबाट ३४ तोला सुन र साढे १० किलो चाँदी लुट्ने प्रहरी फन्दामा
‘मन्त्रीलाई भाषण गर्न होईन, काम गर्न दबाब दिनुस्’ः अर्थमन्त्री पौडेल
‘मन्त्रीलाई भाषण गर्न होईन, काम गर्न दबाब दिनुस्अर्थमन्त्री पौडेल
बागलुङको पञ्चकोटमा १३५ फिट अग्लो कलश निर्माण
बागलुङ।बागलुङको पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माण भएको छ । यस सँगै अन्नदान क्षेत्र पनि सञ्चालन गरिने भएको छ। शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो।
महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम व्यवस्थापन समितिका महासचिव माधव उपाध्यायले जानकारी दिए। इन्द्रनाथ आचार्य संयोजक रहेको समितिमार्फत यो कामलाई थालनी गरेर सञ्चालनमा ल्याइनेछ।
‘मुक्तिनाथ जाने भक्तजनलाई यहाँ आएर बस्ने र निःशुल्क भोजन गर्ने व्यवस्था हुनेछ,’ पञ्चकोटधाम व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ आचार्यले भने, ‘पूर्वाधारलाई व्यवस्थित बनाउने, आमनागरिकको भरोसाको केन्द्र पनि बनाइने छ।’
दश वर्षअघिदेखि कारिकोट, रायरायकोट, माझकोट, ताराजालकोट र संसारकोट मिलाएर पञ्चकोट नामकरण गरी पर्यटकीय र धार्मिक पूर्वाधार निर्माण भइरहेको छ। पञ्चकोटमा गत माघमा धान्याञ्चलमार्फत रु ११ करोड बढी रकम संकलन गरिएको छ। यो रकमले पूर्वाधार निर्माणको काम सुरु हुने वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए।
यसबाहेक महासभाले पवित्र कालीगण्डकी नदी र नदीको सभ्यता जोगाउने अभियानलाई पनि देशव्यापी चलाउने निर्णय गरेको छ। मासिक रूपमा सञ्चालन भएको ३०औं संस्करणमा विश्वशान्ति गण्डकी महासभाले नदी सभ्यताको अभियानलाई नागरिक तहमा लैजाने तयारी गरेको हो।
कालीगण्डकीमा पाइने शालिग्राम संरक्षणसहित नदीलाई सरसफाइ गर्ने र दोहनबाट जोगाउन अभियान केन्द्रित हुनेछ।
दामोदरकुण्डबाट त्रिवेणीसम्मका जिल्ला, प्रदेश, पालिकासम्म अभियान चलाएर नदी सभ्यता र जलाधार क्षेत्र संरक्षणको कार्यक्रम गरिने भएको हो। यसअघिका ३० वटा महासभा भने बागलुङ, तनहुँ र पोखरामा मात्र भएका थिए। कानुनी रूपमा बन्देज गरिएको असार, साउन र भदौमा पनि नदी दोहन भएको छ। पटकपटक दोहन भएकामा सभाले चिन्ता व्यक्त गरेको छ।
वर्तमान सरकारले अगाडीको सरकारले भन्दा उत्कृष्ट काम गरेर देखाउँछ मन्त्री सिंह
काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले अगाडिको सरकार भन्दा उत्कृष्ट काम गरेर देखाउने बताएका छन् । त्यसका लागि योजना अनुसारका काम अगाडि बढाइरहेको बताएका छन् ।
आइतबार वर्तमान अवस्थामा आपुर्ती व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।
एमालेको सचिवालय बैठक बिहीबार दिउसो १ बजे बस्ने
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ ।
यसैगरी, सचिवालय बैठकका ‘एजेन्डा’ तय गर्न आज केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो । महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको कार्यालय बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्यायोजना र समसामयिक राजनीतिक विषयका एजेन्डा तय गरेको छ । बैठकमा महासचिव पोखरेलसहित उपमहासचिवहरु, सचिवहरु र कार्यालय सचिव सहभागी रहेका सो पार्टीले जनाएको छ ।
नेपालगञ्जका चोकचोकमा जुम्लाका स्याउ रुं १६० मा खरिद गर्न पाइने.
नेपालगञ्ज। जुम्लामा उत्पादन भएको स्याउ नेपालसगञ्जका चोकचोकमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगञ्जका धम्बोझी, पुष्पलालचोक, भानुचोक, बिपी चोकलगायतका स्थानमा प्रतिकिलो एक सय ६० रुपैययाँ मा खरिद गर्न पाइने स्थानीय बताउँछन् ।
कोहलपुर नगरपालिका–१२ की शर्मिला कार्कीले प्रतिकेजी स्याउमा २० नाफा गरेर जुम्लाको स्याउ बेचिरहेको जानकारी दिइन् । उनले भनिन्, ‘जुम्लाबाट आएको स्याउ ताजा, रसिलो र स्वादिष्ट छ, त्यसैले छिटो बिक्री हुने गरेको छ ।’
एकैपटकमा जुम्लाबाट धेरै परिमाणमा स्याउ आउने र कोहलपुरका विभिन्न सटरमा भण्डारण गर्ने गरिएको कार्कीले बताइन् । कोहलपुरबाट ल्याई नेपालगञ्जमा बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘जुम्लाबाट आउने स्याउ अर्गानिक र रसिलो भएकाले धेरैले यो स्याउ मन पराउँछन्’, उनी भन्छिन् ।
नेपालगञ्जका स्थानीय ठेला व्यापारी रामदास कोइरीले स्थानीय तरकारी मण्डीबाट जुम्लाको स्याउ खरिद गरी बिक्री गरिरहेको बताए । उनका अनुसार भारतको सिमलालगायत क्षेत्रबाट नेपालगञ्जमा स्याउ ल्याएर बिक्री गरिन्छ । जुम्लाको स्याउभन्दा भारतबाट ल्याएको स्याउ हेर्दा आकर्षक हुने भएकाले त्यसको मूल्य बढी हुने गरेको कोइरीको भनाइ छ ।
जुम्लाको स्याउको मूल्य प्रतिकेजी एक सय ६० छ भने भारतबाट आयात गरिएको स्याउ दुई सयदेखि दुई सय ५० सम्म रहेको छ । जुम्लाबाट दैनिक चार ट्रक स्याउ आउने गरेको थोक व्यापारीहरु बताउँछन् । जुम्लाबाट एकै जातको स्याउलाई तीन वर्गमा विभाजन गरी नेपालगञ्ज ल्याउने गरिएको छ ।
नेपालगञ्ज आएको जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पुर्याउने गरिएको छ । जुम्लाको स्याउ अहिले बजारमा ठूलो, मझौला र सानो गरी तीन प्रकारले ‘ग्रेडिङ’ गरी बिक्री हुँदै आएको छ । कर्णाली प्रदेशको जुम्लाबाहेक हुम्ला, कालीकोट, डोल्पा र मुगुबाट पनि नेपालगञ्जमा स्याउ बिक्रीका लागि ल्याउने गरिएको व्यापारी बताउँछन् ।
‘नबिल बैंक’बाट ‘नमस्ते पे’मा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरबड जित्ने मौका
काठमाडौँ( नमस्ते पे ले नबिल बैंक मार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरबड जित्ने नयाँ अफर सुरु गरेको छ।
प्रयोगकर्ताहरूले शुक्रबारदेखि यही भदौ २१ गतेसम्म आफ्नो नमस्ते पे वालेटमा नबिल बैंक को मोबाइल बैंकिङ एप मार्फत ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरपड जित्न सक्ने ‘नमस्ते पे’ले जनाएको छ।
साथै लक्की ड्र मार्फत एक भाग्यशाली प्रयोगकर्ताले स्मार्ट वाच र दुईभाग्यशाली प्रयोगकर्ताहरूले इयरपड जित्न सक्नेछन्।
यो अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले नबिल बैंकको मोबाइल बैंकिङ एपबाट नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरी अफर अवधिभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तिमा एक पटक भुक्तानी गरेको हुनुपर्ने ‘नमस्ते पे’को भनाइ छ।
नेपाली कांग्रेमा अब को होला पार्टी सभापति ?
ुकाठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा आज पदाधिकारी र पूर्व पदाधिकारीहरुले बोल्ने क्रम जारी छ । बैठकमा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री विजयकुमार गच्छेदारले सभापति देउवासँग भावी नेतृत्वको बारेमा खुलेरै कुरा राखेका छन् ।A
नेता गच्छेदारले आफू पनि सभापतिका लागि उत्तिकै योग्य भएको तर देउवाले चाहेको व्यक्ति जसलाई सभापति बनाउन पनि आफू तयार रहेको धारणा राखे । नेता गच्छेदारले भने,‘तपाइँजस्तै अझ तपाइँभन्दा बढी नेविसंघदेखि नै लडेर आउनुभएका बलबहादुर केसीलाई अबको सभापति बनाऔँ, म तयार छु । तर तपाइँले भन्नुपर्यो।
पटक पटक बलबहादुर केसीलाई सभापतिमा अघि सारौँ भनेपछि अरु नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधी, प्रकाशमान सिंह जसलाई देउवाले चाहानुहुन्छ उसैलाई सभापति स्वीकार्न पनि आफू तयार रहेको धारणा नेता गच्छेदारले राखेका थिए । गच्छेदारले बोल्नुअघि नेताहरु सिटौाला र केसीले बोलेका थिए ।
पूर्व गृह मन्त्री रवि लामिछाने द्वारा संसदीय छानबिन समितिमा बयान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन् ।
विशेष समितिको कार्यविधिअनुसार लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।
लामिछाने अघि समितिले गोरखा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग पनि बयान लिएको छ ।











