एन्फा महिला लिग आइतबारदेखि, विजेतालाई १० लाख दिईने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आइतबार भोलिदेखि एन्फा महिला लिग सुरु हुने भएको छ । एन्फाले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगितामा १० टिम सहभागी छन् । लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, वाग्मती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाको सहभागिता छ ।
यस्तै, कोसी, सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
लिगको उद्घाटन खेल आइतबार दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा कोसी प्रदेश र वालिङ नगरपालिकाबीच हुने उनले बताए । प्रतियोगितामा कुल ६९ खेल हुने उनले जानकारी दिए ।
लिग विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई एक लाख, ‘फेयर प्ले टिम’लाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५०र५० हजार प्रदान गरिने एन्फाले जनाएको छ
प्रतियोगिताको अनुमानित लागत दुई करोड २४ लाख ६८ हजार रुपैयाँ छ ।

जोस जाँगर भए त्यतिकै बस्नु पर्दैन ः धनबहादर राई, आम्तेक वडा नं ११

भोजपुर । इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बनेका छन्, भोजपुर नगरपालिका–११, आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुगेका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका निम्ति ल्याउने गर्छन् ।
धनबहादुरले भने, “विगतमा १० देखि २० रुपैयाँ मुठाका दरले सिन्का बेच्ने गरेको थिएँ । अहिले भने १२० सम्ममा बिक्री गर्दै आइरहेको छु ।”
सिन्का बनाउन धेरै समय र मिहिनेत लाग्ने गरेको उनले बताए । उनले भने, “८० वर्ष पुग्न लाग्दा पनि पुरानो पेसा गरिरहेको छु । बजारमा ल्याएको सिन्का सबैले किन्ने गरेका छन् । धैरेले त तराईतिर लान पनि ल्याइदिनु है बाजे पनि भन्छन् ।”
आफ्नै घरनजिक बाँसको झ्याङ रहेको र अरूबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि यो पेसामा लागेको धनबहादुरले सुनाए । उनले भने, “अहिले त खालि युवाहरू विदेश जान तम्सिन्छन् । तर, जोसजाँगर भए त गाउँघरमै पनि त्यत्तिकै त बस्नु पर्दैन ।”

राजनीति र राज्यव्यवस्थालाई घृणा गर्ने कुरा सामाजिक अपराधहो ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको
कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताएका छन् । क्याप्टेन रामेश्वर थापाको ‘इन्टु द फायर’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफू समय भन्दा पहिले नै प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।
‘मलाई मन नपराउनेहरूलाई खुशीको खबर भनिदिन चाहन्छु । अब मेरो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिला १५ दिन बाँकी छ । त्योभन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु । बढी होइन कि समयमै हस्तान्तरण गरौं भन्ने छ,’ उनले भने । राजनीतिलाई घृणा गर्ने कुरा, राज्य व्यवस्थालाई घृणा गर्ने कुरा सामाजिक अपराधिक कार्य मात्रै भएको बताएका छन् ।

काँग्रेसमा दुई पटक प्रधानमन्त्री र एक पटक मात्रै राष्ट्रपति बन्न पाउने प्रस्ताव पास हुन्छ ः महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रश्ताव आईतवार बन्ने केन्द्रिय समितिको बैठकबाट पास हुने दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस केन्द्रिय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रश्ताव गरेको बताए ।
उनले आईतवार बस्ने केन्द्रिय समितिको बैठकले सो नीति साझा दृष्टिकोण र सहमतिबाट पास हुने बताए ।
प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए ।
उनले अहिले केही समस्या रहेको भएपनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने उल्लेख गरे। महामन्त्री शर्माले एक पटक राष्ट्रपति बन्न पाउने र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने दृष्टिकोण बनाएर जानसके भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्ने बताए ।
उनले सो दृष्टिकोण अहिले बन्न नसके संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्नेगरी अघि बढाउने पनि बताए ।
उनले भने– ‘काँग्रेसको अहिले १,२,३,४ भन्ने सुन्नुभएको होला । यो देशमा खालि प्रधानमन्त्री उनैउनै उनै अनुहारहरु भइरहँदै गर्दा नागरिकलाई के चासो छ भने ताजाताजा नेतृत्व कहिले आउँछ भन्ने चासो छ । त्यसैले मैले एउटा पोलिसी प्रश्ताव गरेको छु । कुनैपनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन, यो देशको राष्ट्रपति केवल एक पटक मात्रै बनेर शितलनिवासबाट बढा शितल शितल मुद्रामा बिदा भएर जानुपर्छ । अनि प्रधानमन्त्री बन्दै गर्दा उहाँ चार चोटी बन्नुभयो रे, उहाँ पाँच चोटी बन्नुभयो रे उहाँ ६ चोटी बन्नुभयो रे, भन्ने खालको अवस्था हाम्रो पुस्तामा अन्त्य गर्नुपर्छ । त्यो अन्त्य गर्न प्रधानमन्त्री जतिसुकै लोकप्रिय हुन्, जतिसुकै जनताको रुवावासी चलोस्, तपाईं फेरि बन्नुपर्छ भनेर जनताले दबाब दिउन्, तर दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक प्रधानमन्त्री बन्न कसैले पनि पाउनु हुँदैन । यसरी नै यो पोलिसी अहिले जो प्रश्तावित छ, हामीभित्र काँग्रेसको कार्य समितिमा । अलिअलि समस्या भइरहेको छ, विवाद भइरहेको छ । त्यसलाई विवाद भन्दा पनि छलफल साथीहरुको दृष्टिकोण साझा र सहमतिको रुपमा भोलि काँग्रेसको केन्द्रिय समितिबाट पास हुन्छ । त्यो दृष्टिकोण अहिले पार्टीको बनेर गयो भने त्यसले भोलिको लागि सबै राजनीतिक दलहरुलाई प्रभाव गर्छ । यदी त्यो अहिले दृष्टिकोण बनेर गएन भने संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्नेगरी त्यसलाई त्यतातिर लैजाने काम बन्छ नै । यस्ता रुपान्तरणका थुप्रै मुद्दाहरु अब तपाईं हामीले उठाउन जरुरी छ ।’

 

 

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
चलचित्र निर्देशक, अभिनेता तथा संचारकर्मीसमेत रहेका डिसी टेलिभिजन र रेडियो कार्यक्रमका निर्माता र प्रस्तोता पनि हुन ।
निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

 

आजको विनिमयदर, अमेरिकी डलर र युरोको भाउ घट्यो

काठमाडौँ।शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको थियो ।
त्यस्तै हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ । शुक्रबार एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २५ पैसा कामय रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०६ पैसा कामय भएको छ ।

आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २३ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ नौ पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा रहेको छ
आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ र बिक्रीदर चार सय ४० रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ २१ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ८० पैसा रहेको छ ।
राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्न सक्नेछ ।

नेपाली कांग्रेसका शीर्ष नेता बैठक भोलि फेरि बस्ने

काठमाडौं।नेपाली कांग्रेसका शीर्ष नेताहरूको आज बसेको बैठक बिना निष्कर्ष टुङ्गिएपछि सो बैठकभोली पनि बस्नेभएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक निष्कर्षमै नपुगेर टुङ्गिएको एक नेताले बताए।
पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीसहित बसेको उक्त बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा छलफल भएको थियो। आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेस भएका प्रतिवेदन परिमार्जन गरी पारित गर्ने योजना थियो।

 

नाडा अटो शो मा ट्राइम्फका १५० मोटरसाइकल बुकिङभए

 

काठमाडौं । यस वर्षको नाडा अटो शो २०२४ मा १५० भन्दा बढी ट्राइम्फ मोटरसाइकल बुकिङ भएको छ । बुकिङको यो संख्याले ट्राइम्फको नेपाली बजारमा रहेको आफ्नो बलियो उपस्थितिलाई पुष्टि गरेको छ ।
नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात हंसराज हुलासचन्द एण्ड कम्पनीले गर्दै आएको छ । कम्पनीको ट्राइम्फसँगको साझेदारीले नेपाली ग्राहकलाई ट्राइम्फका मोटरसाइकलमा पहुँच सुनिश्चित गरेको छ ।
ट्राइम्फ ब्राण्ड विशिष्ट डिजाइन, इन्जिनियरिङ उत्कृष्टता र राम्रो पर्फर्मेन्स लागि परिचित छ ।
यस नाडा अटो शो मा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पीड ४०० सार्वजनिक गरिएको छ । मोटरसाइकल प्रेमीहरूको उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङले नै ट्राइम्फको लोकप्रियताले ग्राहकको विभिन्न आवश्यकताहरू पूरा गर्ने तथा उच्च स्तरका मोटरसाइकलहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई प्रस्ट बनाएको छ ।
गोल्छा ग्रुपका डाइरेक्टर, अभिमन्यु गोल्छाले भने, “यस उपलब्धीले हामीलाई उत्साह थपेको छ । नाडा अटो शोमा पाएको प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले ट्राइम्फ ब्रान्डप्रतिको विश्वासलाई झल्काएको छ ।”

वीर्यले तपाईंको स्वास्थ्यको बारेमा के भन्छ ?

एजेन्सी
काठमाडौँ । पिसाब र दिसाजस्तै वीर्यले पनि मानिसको स्वास्थ्यको बारेमा महत्त्वपूर्ण सङ्केत प्रदान गर्न सक्छ। यसको रङ, बनावट, गन्ध र भोल्युममा हुने भिन्नताहरूले अन्तर्निहित स्वास्थ्य अवस्थाहरू सङ्केत गर्न सक्छ।
यी सङ्केतहरू बुझ्दा पुरुषहरूलाई उनीहरूको समग्र स्वास्थ्य कायम राख्न र सम्भावित समस्याहरूलाई चाँडै सम्बोधन गर्न मद्दत गर्न सक्छ।

वीर्यको लागि सामान्य के हो?
वीर्यको रङ, बनावट वा गन्धमा सामान्य परिवर्तन हुनु सामान्य हो। गुणस्तर पनि दिन प्रति दिन फरक हुन सक्छ वा स्खलन देखि स्खलन ( कुनै पनि दुई ठ्याक्कै समान हुँदैन । वीर्य वा सेमिनल फ्लुइड, प्रोस्टेट, सेमिनल वेसिकल्स र अण्डकोषबाट निस्कने तरल पदार्थको मिश्रण हो।
विश्व स्वास्थ्य संगठनका अनुसार सामान्य वीर्य मापदण्डहरूमा कम्तीमा १.५ करोड शुक्राणु प्रति मिलिलिटरको कन्सन्ट्रेसन हुन्छ । जसमा कम्तीमा ४० शुक्रकीटले गतिशीलता देखाउँदछ र ४ सामान्य आकार वा रूप देखाउँछ । यसमा सामान्यतया थोरै बाक्लो र जेल जस्तो स्थिरता हुन्छ। यसको क्षारीय पीएचको कारणले यसमा मन्द, ब्लीचजस्तो गन्ध हुन्छ ।
स्खलनको मात्रा सामान्यतया प्रति स्खलन १.५ देखि ५ मिलिलिटरसम्म हुन्छ। वीर्य शरीरबाट बाहिर निस्केको केही मिनेट भित्रमा तरल हुन्छ, मोटो जेलबाट चिल्लो तरलमा परिणत हुँदै शुक्राणुको चाललाई समर्थन गर्दछ।

सरल रूपमा भन्नुपर्दा, प्रत्येक स्खलनमा लाखौँ शुक्राणुहरू हुन्छन् तिनीहरू सबै स्वर्ण पदकका तयार पौडीबाजहरू हुनुपर्दैन, र तिनीहरू सबै सामान्य देखिनु पर्दैन। साथै, यो नोट गर्न महत्त्वपूर्ण छ कि असामान्य पौडी खेल्ने शुक्राणुहरूको उपस्थिति पनि सधैँ असामान्य आनुवंशिककीको जोखिम हुँदैन।

रङ परिवर्तन

वीर्य सामान्यतया सेतो(खैरो रङको हुन्छ। पिसाब, रगत वा प्रजनन पथमा अन्य तरल पदार्थहरू मिसाउँदा रङ परिवर्तन हुन सक्छ। भिटामिन बी वा औषधि सुरु गर्दा वीर्यले रङ परिवर्तन गर्न सक्छ। जसरी सप्लिमेन्ट र औषधि सुरु गर्दा पिसाबको रङमा परिवर्तन हुन सक्छ, वीर्यमा पनि त्यस्तै हुन सक्छ।

कलेजो फेल वा जन्डिस जस्ता स्वास्थ्य अवस्थाहरू, जहाँ सम्पूर्ण शरीर पहेँलो देखिन्छ, ले वीर्यलाई पनि फिक्का पार्न सक्छ। यता धुम्रपानले वीर्यको मापदण्डमा मात्रै परिवर्तन गर्दैन, प्रजनन क्षमतामा ह्रास ल्याउन सक्छ।

पहेँलो वा हरियो वीर्यले यौन सञ्चारित सङ्क्रमण ९एसटीआई०, यूरिनरी ट्रयाक्ट इन्फेक्सन वा प्रोस्टेट इन्फ्लेमेसन ९प्रोस्टेटाइटिस० जस्ता सङ्क्रमणको सङ्केत दिन सक्छ।

हेमाटोस्पर्मिया भनेर चिनिने रातो वा खैरो वीर्य डरलाग्दो हुन सक्छ । कहिलेकाहीँ यो सामान्यतया सुजन, बढेको प्रोस्टेट सङ्क्रमण वा लामो समयसम्म बाइक चलाउँदा पनि हुन सक्छ ।

बनावट र घनत्व

सामान्य वीर्य अलिकति बाक्लो र जेलजस्तो हुन्छ । त्यसैले धेरै बाक्लो वीर्य निर्जलीकरण वा सङ्क्रमणको सङ्केत हुन सक्छ। लामो समयदेखि निर्जलीकरणको समस्या भएका पुरुषहरूको प्रायस् वीर्य मापदण्डहरू परिवर्तन भएका हुन्छन्, जसमा बनावट समावेश हुन्छ, जसले प्रजनन क्षमतामा कमी ल्याउन सक्छ। अर्कोतर्फ, पातलो वीर्यले शुक्रकीटको सङ्ख्या कम भएको वा बारम्बार स्खलन हुनुलाई सङ्केत गर्न सक्छ । यसले शुक्रकीटको गुणस्तरलाई अस्थायी रूपमा कम गर्न सक्छ।

गन्ध

सामान्यतया, वीर्यमा हल्का ब्लीच वा अमोनिया जस्तो गन्ध हुन्छ किनभने यसको थोरै क्षारीय पीएच हुन्छ। कडा वा दुर्गन्ध भएको वीर्य ब्याक्टेरियल प्रोस्टेटाइटिस वा एसटीआई जस्ता सङ्क्रमणहरूको लागि रातो झन्डा हुन सक्छ। मीठो गन्धले मधुमेहको लागि असामान्य ग्लुकोज स्तर सङ्केत गर्न सक्छ।

मात्रा

स्खलनको औसत मात्र १.५ देखि ५ मिलिलिटरसम्म हुन्छ—लगभग १र३ देखि १.५ चिया चम्चा—वा लगभग केचपको सानो प्याकेटको मात्रा । कम मात्रा बारम्बार स्खलन, कम टेस्टोस्टेरोन स्तर वा प्रजनन पथ मा अवरोध को परिणाम हुन सक्छ। वीर्यको उच्च मात्रा लामो समयसम्म यौन क्रियाकलाप नगर्दा वा दुर्लभ अवस्थामा, सङ्क्रमण वा सुजनको कारण हुन सक्छ।

स्खलनको आवृत्ति

जबकि नियमित स्खलन सामान्यतया स्वस्थ हुन्छ, धेरै पटक स्खलनले वीर्यको गुणस्तरलाई असर गर्न सक्छ। दिनहुँ धेरै पटक स्खलन गर्ने पुरुषहरूले शुक्रकीटको सङ्ख्या र गतिशीलतामा अस्थायी कमी अनुभव गर्न सक्छन् । यद्यपि यो बारम्बार स्खलन गर्ने कम गरेसँगै सामान्य हुन्छ।

स्खलनको समयमा दुखाइ

पीडादायी स्खलन प्रोस्टेटाइटिस, युरेथ्राइटिस र पेरियोनिज रोग वा पोस्ट(भ्यासेक्टोमी दुखाइ सिन्ड्रोम जस्ता अवस्थाहरूको लक्षण हुन सक्छ। पुरानो प्रोस्टेटाइटिस भएका १५ देखि ५५ पुरुषहरूले स्खलनको समयमा यौन दुर्बलता ररवा पीडा अनुभव गर्न सक्छन् ।

जीवनशैली

आहार, हाइड्रेशन र समग्र स्वास्थ्यले वीर्यको गुणस्तरलाई गहिरो असर गर्छ। खराब आहार, व्यायामको कमी र धूम्रपानले वीर्य स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । जबकि स्वस्थ जीवनशैलीले यसलाई सुधार गर्न सक्छ।

औषधि र सप्लिमेन्ट

केही औषधि र सप्लिमेन्टहरूले वीर्यको उपस्थिति र गुणस्तर परिवर्तन गर्न सक्छन्। उदाहरणका लागि, टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरापीले शुक्राणु उत्पादन घटाउन सक्छ । जबकि जिंक र फोलिक एसिड जस्ता पूरकहरूले वीर्यको गुणस्तर बढाउन सक्छ।

कहिले डाक्टरलाई भेट्ने ?

वीर्यमा कहिलेकाहीं हुने परिवर्तनहरू सामान्यतया चिन्ताको कारण होइनन्। यद्यपि, निरन्तर परिवर्तनहरू भयो भने विज्ञको परामर्श लिनुपर्छ। नियमित चेक(अप र तपाईंको डाक्टरसँग खुला कुराकानी यौन स्वास्थ्य कायम राख्न र कुनै पनि समस्यालाई चाँडै सम्बोधन गर्न महत्त्वपूर्ण छ। तपाईंले लिइरहनुभएको कुनै पनि औषधि वा ओभर(द(काउन्टर सप्लिमेन्टहरू तपाईंको डाक्टरलाई सम्झाउन महत्त्वपूर्ण छ।

वीर्यले पुरुषको स्वास्थ्यमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्न सक्छ। यसको रङ, बनावट, गन्ध र मात्रामा ध्यान दिएर, पुरुषहरूले सम्भावित स्वास्थ्य समस्याहरू चाँडै पत्ता लगाउन सक्छन्।

यदि तपाईंले निरन्तर परिवर्तनहरू देख्नुहुन्छ भने विज्ञसँग परामर्शले तपाईंको यौन स्वास्थ्य सही अवस्थामा सुनिश्चित गर्न मद्दत गर्न सक्छ।

प्रधानमन्त्रीले गरे हाइड्रोजन कारको शुभारम्भ

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन् ।
विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो ।
कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो । प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए ।

 

सुदामा ताजा समाचार

कांग्रेस–एमाले एक्लाएक्लै चुनाव लड्ने

काठमाडौं । सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले आगामी २०८४ को चुनावमा कुनै पनि दलसँग् गठबन्धन नगरी एक्लाएक्लै चुनाव लड्ने...

नेपाल विश्वविद्यालय विधेयकले तोक्यो शिक्षाविद् हुन चाहिने योग्यता

  काठमाडौं । कस्तो व्यक्तिलाई शिक्षाविद् मान्ने भन्ने विषयमा निश्चित परिभाषा नहुँदा शिक्षा सम्बन्धी सामान्य ज्ञान भएका व्यक्तिलाई स्वघोषित रुपमा शिक्षाविद् बनाइदै आएको थियो ।...

प्रधान सेनापति सिग्देलले समाले आजबाट कार्यभार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। यस सँगै जंगी अड्डाको कार्य...

उपभोक्ताले तिरेको भ्याटको दश प्रतिशत रकम स सर्त फिर्ता हने ।

काठमाडौं । सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भएको छ । आन्तरिक...

एमाले–कांगे्रसको बैठक आज बस्दै, बैठकमा सरकारकाकाम प्रभावकारी बनाउन निर्णय गरिने

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको हो । आइतबार...