एन्फा महिला लिग आइतबारदेखि, विजेतालाई १० लाख दिईने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आइतबार भोलिदेखि एन्फा महिला लिग सुरु हुने भएको छ । एन्फाले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगितामा १० टिम सहभागी छन् । लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, वाग्मती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाको सहभागिता छ ।
यस्तै, कोसी, सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
लिगको उद्घाटन खेल आइतबार दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा कोसी प्रदेश र वालिङ नगरपालिकाबीच हुने उनले बताए । प्रतियोगितामा कुल ६९ खेल हुने उनले जानकारी दिए ।
लिग विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई एक लाख, ‘फेयर प्ले टिम’लाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५०र५० हजार प्रदान गरिने एन्फाले जनाएको छ
प्रतियोगिताको अनुमानित लागत दुई करोड २४ लाख ६८ हजार रुपैयाँ छ ।

LEAVE A REPLY