राजनीति र राज्यव्यवस्थालाई घृणा गर्ने कुरा सामाजिक अपराधहो ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको
कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताएका छन् । क्याप्टेन रामेश्वर थापाको ‘इन्टु द फायर’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफू समय भन्दा पहिले नै प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।
‘मलाई मन नपराउनेहरूलाई खुशीको खबर भनिदिन चाहन्छु । अब मेरो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिला १५ दिन बाँकी छ । त्योभन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु । बढी होइन कि समयमै हस्तान्तरण गरौं भन्ने छ,’ उनले भने । राजनीतिलाई घृणा गर्ने कुरा, राज्य व्यवस्थालाई घृणा गर्ने कुरा सामाजिक अपराधिक कार्य मात्रै भएको बताएका छन् ।

LEAVE A REPLY