काठमाडौं।नेपाली कांग्रेसका शीर्ष नेताहरूको आज बसेको बैठक बिना निष्कर्ष टुङ्गिएपछि सो बैठकभोली पनि बस्नेभएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक निष्कर्षमै नपुगेर टुङ्गिएको एक नेताले बताए।
पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीसहित बसेको उक्त बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा छलफल भएको थियो। आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेस भएका प्रतिवेदन परिमार्जन गरी पारित गर्ने योजना थियो।