नेपाली कांग्रेमा अब को होला पार्टी सभापति ?

ुकाठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा आज पदाधिकारी र पूर्व पदाधिकारीहरुले बोल्ने क्रम जारी छ । बैठकमा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री विजयकुमार गच्छेदारले सभापति देउवासँग भावी नेतृत्वको बारेमा खुलेरै कुरा राखेका छन् ।A
नेता गच्छेदारले आफू पनि सभापतिका लागि उत्तिकै योग्य भएको तर देउवाले चाहेको व्यक्ति जसलाई सभापति बनाउन पनि आफू तयार रहेको धारणा राखे । नेता गच्छेदारले भने,‘तपाइँजस्तै अझ तपाइँभन्दा बढी नेविसंघदेखि नै लडेर आउनुभएका बलबहादुर केसीलाई अबको सभापति बनाऔँ, म तयार छु । तर तपाइँले भन्नुपर्‍यो।

पटक पटक बलबहादुर केसीलाई सभापतिमा अघि सारौँ भनेपछि अरु नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधी, प्रकाशमान सिंह जसलाई देउवाले चाहानुहुन्छ उसैलाई सभापति स्वीकार्न पनि आफू तयार रहेको धारणा नेता गच्छेदारले राखेका थिए । गच्छेदारले बोल्नुअघि नेताहरु सिटौाला र केसीले बोलेका थिए ।

LEAVE A REPLY