काठमाडौं , पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशव्यापी रुपमा भ्रष्टाचार बढेको बताएका छन्। सोमबार पार्टीनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र हरेक क्षेत्रमा सरकारका वरपर भ्रष्टाचार व्याप्त भएको जिकिर गरे। उनले भ्रष्टाचारको पछिल्लो उदाहरण कुलमान घिसिङलाई हटाएर थप प्रष्ट भएको बताए।
उनले अहिले कम्तीमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरुको पिपिए गर्ने बेला भएको र त्यसमा ६ देखि ८ अर्बको लेनदेन भइरहेको बताए।
पूर्वप्रधानमन्त्री खनालले भने, ‘देशव्यापी रूपमा भ्रष्टाचार नै भ्रष्टाचार छ। हरेक क्षेत्रमा सरकारका वरिपरी भ्रष्टाचार नै भ्रष्टाचार छ। अनि मन्त्रालयमा गयो भ्रष्टाचार नै भ्रष्टाचार छ। भ्रष्टाचारमा सबैभन्दा पछिल्लो उदाहरण म भन्न चाहन्छु। कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट किन फ्याँकियो? जबकि उनको तीन महिना मात्रै बाँकी थियो। तीन महिना मात्रै भएको कर्मचारीलाई यति जबरजस्ती रुपले निर्ममतापूर्वक, कायरतापूर्वक र स्वार्थपूर्ण ढंगले किन फ्याँकियो। किनभने अहिले विद्युत प्राधिकरणबाट देशभर विकास गरिने जलविद्युत आयोजनाहरु छन्, त्यसमा कम्तीमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरुको पिपिए गर्ने बेला भएको छ। त्यो बेलामा धेरै ठूला लेनदेनका कामहरु हुने गर्दछन्। त्यसमा ६ देखि ८ अर्बको लेनदेन हुनेवाला छ।’
देशव्यापीरुपमा भ्रष्टाचार बढ्यो, पछिल्लो उदाहरण कुमानको बर्खास्ती — झलनाथ खनाल
नेपाललाई लोकतान्त्रिक गणतन्त्रको दिशाबाट पछि फर्काउने प्रयास किमार्थ स्वीकार्य हुदैन ःशंकर पोखरेल
काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले नेपाललाई लोकतान्त्रिक गणतन्त्रको दिशाबाट पछाडि फर्काउने प्रयास किमार्थ स्वीकार्य नहुने बताएका छन्।
एमालेले आज काठमाडौँ तीनकुनेदेखि भक्तपुरको सल्लाघारीसम्म आयोजना गरेको मोटरसाइकल र्यालीका क्रममा उनले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान र कानुनविपरीत गतिविधि गरिरहेको बताए।
महासचिव पोखरेलले यही चैत १५ गते जेजस्ता घटना घटे ती सबै कुरा आमजनताले थाहा पाउनुपर्ने बताए। उनले नेपाली जनता अब पछाडि होइन अगाडि बढ्न चाहन्छन भन्ने सन्देश दिन र्याली आयोजना गरिएको बताए।
महासचिव पोखरेलले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले गरेको योगदान सबैले स्वीकारेर सम्मान गरिरहेको तर उनका सबै सन्तान लायक र योग्य नभएको स्पष्ट पारे।
उउनले गणतन्त्र स्थापना हुनुमा दरबार हत्याकाण्ड मुख्य कारक रहेको धारणा राखे।
“राजा वीरेन्द्रको वंशविनाश नेपाली जनताको कारणले होइन। दरबारभित्रको शक्ति सङघर्षकै परिमाण थियो। नारायणहिटी दरबारभित्र जनताका छोराछोरी जान पाउने स्थिति थिएन। त्यस्तो अवस्थामा राजा वीरेन्द्रको सम्पूर्ण वंश विनाश गर्ने काम भयो। यसले नै मुलुकमा गणतन्त्र ल्याउने काममा सहयोग गरेको हो”, पोखरेलले भने, “पूर्वराजा ज्ञानेन्द्रले दुई, दुई पटक राजनीतिक दललाई प्रतिबन्ध लगाउने, मिडियामाथि प्रहार गर्ने र मुलुकलाई अँध्यारो युगतर्फ लैजाने धृष्टताका कारणले नै २०६२र०६३ को आन्दोलन भएको हो।”
संविधानसभाले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको फैसलालाई कसैले पनि उल्लघङ्न गर्न नसक्ने धारणा राख्दै उनले व्यवस्था परिवर्तन गर्नेले सडकमा तमासा नदेखाएर जनताको विश्वास जितेर संसद्को दुई तिहाईमार्फत संविधान संशोधन गर्न चुनौती दिए।
प्रतिनिधिसभाको बैठक आज दिनको ११ वजे बस्दै, प्रधानमन्त्री ओलीले विपक्षीलाई जवाफ दिँने
काठमाडौं , प्रतिनिधि सभाको बैठक आज बस्दै छ। गत बुधबारदेखि अवरुद्ध संसदको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि आइतबारको दोस्रो बैठक बस्दै नबसी स्थगित भएको हो।
त्यसअघि आइतबार बसेको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच होहल्ला भएपछि बैठक स्थगित भएको थियो।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले कुलमानलाई हटाएको विषयमा उठाएको प्रश्नको जवाफ दिन लागेका हुन्। यस्तै राष्ट्रियसभाको बैठक पनि आजका लागि बोलाइएको छ।
चोरी भएका सम्पदाहरु फीर्ता ल्याइ गरियो सार्वजनिक
काठमाडौं । नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु आज नेपाल फिर्ता भएक छन् ।लगत्तै आजआइतबार पुरातत्व विभाग काठमाडौंले विशेष कार्यक्रमको आयोजनागरी चोरी भएर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु सार्वजनिक गरेको हो
विभागका अनुसार यीमध्ये तीनवटा पौवा चित्रहरु १५–१८ औं शताब्दी काठमाण्डौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति नवौं शताब्दी बुङमतिको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो ।
यसै सन्दर्भमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मूर्ति नभइ हाम्रा आस्थाहरुलाई, विश्वासहरुलाई, सम्पदाहरुलाई फर्काउन सफल भएको बताए ।
उनले नेपालबाट हराएका हरेक मूर्तिहरुले बोकेको महत्व, आम सम्पदाको महत्व, संस्कृतिको महत्व आस्थाको दृष्टिकोणले मापन गर्न नसकिने बताए ।
उनले भने, ‘नेपालबाट हराएका हरेक मूर्तिहरुले बोकेको महत्व, आम सम्पदाको महत्व, संस्कृतिको महत्व धेरै छ ।
यसमा यो मूर्ति कति केजीको थियो भन्ने कुरा मापन हुँदैन । यो मूर्तिहरुको महत्व बहुमूल्य छ । आस्थाको दृष्टिकोणले मापन गर्नै नसकिने तौल छ ।
त्यसैले हामीले हाम्रा आस्थाहरुलाई, हाम्रा विश्वासहरुलाई, हाम्रा सम्पदाहरुलाई फर्काउन सफल भएका छौं ।’
साथै उनले हाम्रा सम्पदाहरु संसारको जुनसुकै कुनामा पुगे पनि हरेक नेपालीहरुले फर्काउने सोच राख्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रा सम्पदाहरु संसारको कुनैपनि कुनामा पुगोस् त्यो कुनामा नेपालीहरु छन् । नेपालीहरुले आफ्नो सम्पदा चिन्छन्, यो हाम्रो सम्पदा हो भनेर जान्दछन्, यसको महत्व थाहा पाउँछन्, र त्यसमा फर्काएर ल्याउने कुरामा संसारभरी फैलिएका नेपालीहरुले फर्काउने सोच राख्नुहुनेछ भन्ने मैले आशा लिएको छु ।
नेपालबाट चोरिएका मूर्तिहरु नेपालीले जसरी पनि फर्काउँछन् भन्ने एउटा सन्देश आजको चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरुले पुष्टि गरिसकेको छ ।’
पूर्वराजा ज्ञानेन्द्रले बंगलादेशको मोडलमा सत्ता कब्जा गर्न खोजेको शंकर पोखरेलको आरोप
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईलाई परिचालित गरेर बंगलादेशको मोडलमा सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले बंगलादेशको मोडलमा सत्ता कब्जा गर्न पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाणडर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर राजावादीहरु पानीमुनीको ओभाने बन्न खोजिरहेको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्
बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्व राजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाणडर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई वोकाएर पानीमुनीको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरु । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।
राजावादी र पूर्व पंचहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाई र उनका अनुचरलाई वोकाएर उम्कन खोजेको भए थोरैभएपनि विश्वास गर्थे होला नेपाली जनताले । घटना घटेको दिनसम्म राप्रपाको संस्थापनपक्षलाई लागेको त यस्तै थियो । तर निर्मल निवासको ‘थ्रेट’का सामु उनीहरु निरही देखिए र भन्न थाले ‘प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले’ ।
आखो देखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्व पंचहरुको नियती ।
कौण्डिन्य गोत्रीय पाठक समाज नेपालको छैटौं केन्द्रीय अधिवेशन टोखाको हरिहर आश्रममा हुने ः अध्यक्ष टीकाराम पाठक
काठमाडौं । रुपन्देहीको मणिग्राममा केनद्रीय कार्यलय स्थापना गरेको कौण्डिन्य गोत्रीय पाठक समाज नेपालले छैटौं केन्द्रीय अधिवेशन तथा सम्मेलन यही चैतको २९ र ३० गते गर्ने भएको छ।काठमाण्डौंको टोखा नगरपालिकास्थित हरिहर आश्रममा सञ्चालन हुने दुई दिने कार्यक्रममा विभिन्न कार्यपत्र सहित पदाधिकारीका प्रतिवेदनमाथि छलफल हुने समाजका केन्द्रीय अध्यक्ष टीकाराम पाठकले जानकारी दिनुभयो।
अधिवेशनलाई सबैको सक्रियतामा अब्बल रूपमा सञ्चालन गर्नका लागि सबैतिर पत्राचार र सूचनाको काम भैरहेको समाजका महासचिव प्रा .डा. गणेशप्रसाद पाठकले बताउनुभयो ।
यसैबीच, अधिवेशन तथा सम्मेलनमा सहभागी हुनका लागि विदेशमा रहेका बन्धुहरूले समेत इच्छा गरेका हुँदा यसपटकको महाधिवेशन अझ ऐतिहासिक बन्न लागेको समाजका केन्द्रिय सचिव केशव पाठकले दावी गर्नुभयो।
३० वर्षअघि स्थापित यो समाजले सगोत्री भित्र विवाह नगर्ने, देशभरका पाठकहरूले एकैपटक एउटै तिथिमा हिंसारहित कुल पूजा गर्ने, सहयोगको आवश्यकता परेका बन्धुहरूलाई आर्थिक उद्दार गर्ने, समाजका सदस्यको मृत्यु भएको दशौं दिनमा प्रति परिवार एकसय रूपियाँ सहित उपस्थित हुने, पूजा लगायतका मृत्यु संस्कारमा एकरूपता अपनाउने लगायतका कार्य गर्दै आएको सचिव पाठकले जानकारी दिनुभयो।
समाजका सदस्यहरूको बसोबासका आधारमा ९ वटा क्षेत्रहरू निर्माण गरी क्षेत्रीय कार्य सञ्चालन गर्दै आएको र सदस्यहरूको थप विकाशका लागि युवा समिति र महिला समिति बनाई काम गर्दै आएको समेत समाजले जनाएको छ।
कौण्डिन्य गोत्र भएका थरहरुमा आचार्य, सापकोटा , पराजुली, बनजरा , खतिवडा लगायका छन् ।
महालक्ष्मी विकास बैंकले शुरु गर्यो सुनकर्जा कोसेवा
काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक श्री राहुल अग्रवालको प्रमुख आतिथ्यतामा र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको छ
बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा प्रारम्भ गरेको छ । ग्राहकहरूले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज सुविधाका साथ भैरहवा शाखाबाट सुन कर्जा प्राप्त गर्न सकिने
बैंकलेजानकारी दिएको छ । । सुन कर्जा सेवाले ग्राहकहरूलाई आपतकालीन वित्तीय आवश्यकताहरू पूरा गर्न सहयोग गर्नेछ । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सेवा भैरहवा शाखाबाट सुरु गरिएको हो ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा समेत ल्याएका जनएको छ ।
सरकारलाई लिङदेनको चुनौती
काठमाडौँ ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्।
शनिवार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको जिज्ञासामा उनले पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन्। उनले आफूले चुनाव जित्ने बहानाले मात्रै राजाको नाम नलिएको भन्दै राजसंस्था देशको आवश्यकता भएको बताए।
उनले तीनकुनेको घटनाका बारेमा पूर्वराजाको नाम जोडिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसबारेमा आफ्नो कुनै टिप्पणी नभएको बताए। राजालाई कुनै पनि विवादमा तान्न नहुने उनको भनाइ छ।
लिङदेनले भने, ‘हामीले कुनै व्यक्तिगत फाइदाका लागि राजसंस्था चाहिन्छ भनेको होइन। त्यसकारण मलाई कुनै टिप्पणी गर्नु छैन र राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा अहिले पनि स्पष्ट छु। राजालाई पक्राउ गरेर देखाउनु अनि शक्ति हामी देखाउँछौँ।’
काठमाडौँ महानगरले गर्यो २१० जनालाई स्तन, पाठेघर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण
काठमाडौँ,काठमाडौँ महानगरपालिकाले यही चैत १२ गतेदेखि वीर अस्पतालमा सुरु गरेको स्तन, पाठेघर र पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षणमा शुक्रबारसम्ममा २१० जनाले परीक्षण गराएका छन्।
परीक्षण आगामी वैशाख १२ गतेसम्म चल्ने जानकारी दिँदै महानगरले परीक्षणका लागि नागरिकले आफू नजिकको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पहिले सम्पर्क गर्नुपर्ने र सम्पर्कमा तोकिएकै समयमा परीक्षण गराउन पनि आग्रह गरेको छ।
यही चैत १२ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कामपा उपप्रमुख सुनिता डङ्गोल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भूपेन्द्र बस्नेतले बिरामीलाई परीक्षण कार्ड प्रदान गर्दै परीक्षण शुभारम्भ गरेका थिए। गत वर्ष गरिएको परीक्षणका क्रममा छुटेका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गत वर्ष परीक्षणका क्रममा पोजेटिभ देखिएका महिला प्रारम्भिक उपचारको लक्षित समूहमा रहने कार्यक्रमका स्थानीय स्रोत व्यक्ति चन्दा भट्टले जानकारी दिइन्। उनले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट अहिलेसम्म ३०३ जनाले रिफरल स्लिप लिए पनि परीक्षणका लागि नआएको बताइन्।
परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ। यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल स्लिप प्राप्त हुन्छ। यो स्लिप लिएर परीक्षणका लागि वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा जानुपर्छ। परीक्षण शनिबारबाहेक हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गर्ने गरिएको छ। ३० वर्षदेखि ६० वर्ष समूहका महिलाले हरेक पाँच वर्षमा एकपटक परीक्षण गराउन सुझाव दिइएको छ।
धेरै पुरुषसँग यौनसम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा यौनसम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौनसम्पर्कमा भएका, एचआइभीजस्ता यौनजन्य सङ्क्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी० देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलालाई पाठेघरको मुखको क्यान्सर उच्च जोखिम हुन्छ।
सरकारले फीर्ताबोलायो , पूर्व राजाका १० जना सु्रक्षा टोली
काठमाडौँ ।पूर्व राजा ज्ञानेन्द्र शाहलेराजसस्था फर्काउन भन्दै हिंसात्मक गतिविधि गरेपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको १० जना सुरक्षाटोली घटाएको छ । पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा खटिएका १० जना सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो ।
पूर्वराजाको सुरक्षामा डिएसपीको कमाण्डमा रहेका ३५ जनाको सशस्त्र प्रहरीको टोलीबाट १० जनालाई फिर्ता बोलाएर२५ जनामा सिमित गरिएकोछ ।
नारायणहिटी राजदरबारबाट हटेपछि पूर्व राजपरिवारलाई नेपाल सरकारले आवाससहितको सुविधा दिइरहेको छ । पूर्व राजपरिवारले प्रयोग गर्दै आएको नागार्जुन दरबार नेपाल सरकारले आवास सुविधा अन्तर्गत उपलब्ध गराएको हो भने निर्मल निवास पूर्वराजा ज्ञानेन्द्रको निजी निवास हो ।
पूर्व राजपरिवारका सबै सदस्यहरूको सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरीका १५५ सुरक्षाकर्मी तोकिएको छ । पुर्वराजाको परिवार सहितको सुरक्षा टोली १४५ जना रहेका छन् ।