पूर्वराजा ज्ञानेन्द्रले बंगलादेशको मोडलमा सत्ता कब्जा गर्न खोजेको शंकर पोखरेलको आरोप

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईलाई परिचालित गरेर बंगलादेशको मोडलमा सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले बंगलादेशको मोडलमा सत्ता कब्जा गर्न पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाणडर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर राजावादीहरु पानीमुनीको ओभाने बन्न खोजिरहेको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्
बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्व राजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाणडर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई वोकाएर पानीमुनीको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरु । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।
राजावादी र पूर्व पंचहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाई र उनका अनुचरलाई वोकाएर उम्कन खोजेको भए थोरैभएपनि विश्वास गर्थे होला नेपाली जनताले । घटना घटेको दिनसम्म राप्रपाको संस्थापनपक्षलाई लागेको त यस्तै थियो । तर निर्मल निवासको ‘थ्रेट’का सामु उनीहरु निरही देखिए र भन्न थाले ‘प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले’ ।
आखो देखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्व पंचहरुको नियती ।

LEAVE A REPLY