एनएमबी बैंकको जिम्मेवारी सीईओ गोविन्द घिमिरेलाई

काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ मा गोविन्द घिमिरे नियुक्त भएका छन् यस सँगै बैकको कार्यभार उहाँको कााधमा पर्न आएको हो । एनएमबि बैंकले आफ्नो सञ्चालक समितिको बैठकमा गरेको निर्णय अनुसार नयाँ नियुक्ति र बढुवा गरेको छ।
बैठकको निर्णय अनुसार, हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका गोबिन्द घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा ४ वर्षको अवधिका लागि नियुक्त गरिएको छ। साथै, नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ। यो निर्णय २०८२ साल बैशाख १० गतेदेखि लागू हुनेछ।

LEAVE A REPLY