यति नै ,भए त हुने कति हो कति ?

प्रसंग शिक्षा जगतको हो । शिक्षाको महत्व र उपयोगलाई व्याख्या गर्दै जाँदा महाभारत पनि सानो हुन पुग्ला तर प्रस्तुत यस लेखमा भने शिक्षाले मानिसको जीवनमा खेलने भूमिका बारे प्रष्ट्याउन खोजिएको छ । आंशिक रुपमा प्राविधिक शिक्षाले मानवलाई बाँच्न केही सजिलो गरेको भएतापनि समग्र रुपमा शिक्षा दिमाग सजाउने उपायको रुपमा रहँदै आएको कुरा जगजाहेरै छ । तर समयको माग भने दिमाग मात्र सजाएर नभै हातको सीपले मानवीय योगदान दिनुपर्ने सत्यता झल्किरहेको छ । यही सत्यतालाई उजागर गर्नको लागि कवितात्मक उद्गारको साथमा लेख अघि सरेको छ । यति नै भए त भन्नाले आर्जन गरेको शिक्षालाई व्यवहारमा उतार्न सके मानिसका लागि हुन जाने फाइदालाई कति हो कतिले दर्शाउन खोजिएको छ भने हुने कति हो कति भन्नाले शिक्षाका बहुपक्षीय फाइदाहरु अनगिन्ती हुन्छन् भन्ने हो ।
झुसी दिमागः मानिसको जीवनमा बौद्धिकता, विवेकशीलता, साहस, अनुभव, जुक्ति, सल्लाह पलपलमा खाँचो पर्दछ । मानवीय जीवनगाथालाई हाँक्ने मूल कडी भन्नुनै दिमागी शक्ति हो । मानवताको सुरक्षा गर्ने, उन्नती प्रगति गराउने, सही बाटोमा लगाउने, खुशीयाली भर्ने, आपसी सहयोग बढाउने, आन्तरिक शक्ति प्रदान गर्ने पनि दिमागी क्षमतामा नै भर पर्दछ । मानिसको जीवन भन्नुनै दिमागी क्षमता नभए के हुन सक्छ त ? यस धर्तीमा रही बाँचेर आफ्नो जीवनयात्रालाई सहज बनाउन, स्वस्थकर जीवन जीउन, रचनात्मक एवं सृजनात्मक कामहरु सम्पन्न गर्न, राजनीति गर्न, न्याय दिन, सामय सापेक्षका कुराहरु बुझ्न, जीवनलार्य उन्मुक्तिको बाटोमा लैजान पनि बौद्धिकता आधार हुन जान्छ । मानिसले आफ्नो जीवनयात्राको शिलशिलामा आफुलाई प्रगतिपथमा अघि बढाउने कि दूगर्तीमा फसाउने भन्ने पनि दिमागी चमत्कारीतामा नै भर पर्दछ । संसारिक गतिविधिलाई नियालेर हेर्ने हो भने पनि छर्लंग हुन्छ कि जहाँ शक्ति प्रबल छ त्यहाँ हरेक कुराको राम्रा राम्रा प्रगति भैरहेको पाउन सकिन्छ । ठूलाठूला वैज्ञानिकहरु, लेखक, साहित्यकार एवं स्रजकहरु सबै दिमागी शक्तिको कारण आआफ्नो अस्तित्वलाई उजागर गर्न सफल भए । दिमागी शक्ति फुर्न पाएन भने मनस्थिति गुम्सिएर मानिसको जीवन नै लथालिंग नहोला भन्न सकिन्न । यसर्थ मानिसको जीवनले यथेष्ट उन्नती गर्न कति बौद्धिकताको खाँचो पर्दछ, विकास गर्न सक्ने खालको शिक्षा व्यवस्थित गर्न सके मानवताको लागि, राष्ट्रको लागि र सो व्यक्ति विशेषको लागि सह्राहनीय हुने कुरा निर्विवाद छ । बौद्धिकताको लागि शिक्षाले खेल्नुपर्ने भूमिका अझै कति छन् कति ? यहाँ त सामान्य तरिकाले उदाहरण मात्र प्रस्तुत भएका तथ्यहरु छन् । दिमागी शक्तिको उल्लेख्य विकास गराउनको साथमा मानिसको जीवनलाई त्रुटिविहिन पार्न समेत शिक्षाले भूमिका खेल्न सकेमा शिक्षा हौसलापूर्ण हुने कुरा पक्का छ । अहिलेसम्म मानिसले जति र जस्तो उन्नति गर्नुपथ्र्यो, देशमा जति र जस्तो उन्नती हुनुपथ्र्यो, हुन नसकेको मूल कारणमा दिमागी शक्तिले ऊर्जा प्राप्त गर्न नसक्नुमा आधारित हुन सक्दछ । शिक्षाले दिमागी शक्तिलाई ऊर्जा प्रदान गरेर स्वास्थ्य शिक्षा रुपी कल्पवृक्षको विरुवालाई मलजल, गोडमेल, बारबेर गर्न सक्नु पर्दछ । अनि मात्र कल्पवृक्षको फल लटरम्म फलेर नागरिकको, देशको र मानवताको सदिच्छा पुरा हुन सक्दछ । शिक्षाको आत्मा भनेकै दिमागी शक्ति विकास हो, शिक्षालाई मानवीय अस्तित्वसँग गाँसेर हेर्नुपर्दछ । गम्भीर भएर सोच्ने हो भने हाँसिल गरी सकिएको शिक्षाकोस्तर अनुरुपका बौद्धिकता एवं विवेकशीलता साथै ज्ञानगुणको स्तरले काम गरेन भने जिम्मेवार को हुने रु यसकारण शिक्षाले दिमागी शक्तिको परिपूर्णतालाई जिम्मा लिन सकेमा मात्र आशाप्रद वातावरणको सृजना हुन सक्छ जस्तो शिक्षित मानिसमा हुनुपर्ने बौद्धिक प्रगाढता भने आई पर्दै जैविक समस्याहरु समाधान गर्न नसकेर व्यवहारिक कठिनाई उत्पन्न भई कचल्टिन पुग्दछ । यसो हुँदा शिक्षित मानिसमा हुनुपर्ने बौद्धिक क्षमता यथेष्ट भै दिमागी प्रचुरता प्रकट गराउन आवश्यक छ ।
सीपालु हातः यस धर्तीमा मानिसहरु सजिलैसँग विचरण गर्नुपर्दा चाहिने जति पनि चिजबिजहरु छन् ती सबै कहाँबाट आउँछन् त ? खोज्दै जाँदा प्राकृतिक रुपले आँफै उपभोग वा उपभोग गर्ने खालका भेटिए पनि आखिर चाहिने जति सबै त पक्कै नभेटिन सक्छन् । अनि मानिसले आफुलाई चाहिने चिजबिजहरु प्राप्त गर्न आआफ्नो सिप जाँगर त चलाउनै पर्यो । कि अरुको सहारा लिनु पर्यो । आफुले आफ्नै लागि गर्न सकिन्छ भने अरुको भर पर्नु त्यति सोभनीय पनि हुँदैन । आत्मनिर्भरतापूर्वक बाँचेर मानिसका लागि सञ्चालित हुँदा देश र समाजका लागि आत्मगौरवपूर्ण हुनसक्छ । आफ्नो देश जन्मभूमिमा रहेर सहजतापूर्वक बाँच्दै निष्कण्टक रुपले उन्नतीगर्न पाउनु भनेको मानिसको जीवनमा बडो खुशीको विषय नै अनुभव गर्न सकिन्छ । यसर्थ आफुले चाहे जस्तो शिक्षा हाँसिल गरियो, दिमागी क्षमतामा कुनै कमि पनि छैन तर सिपालु हात चलाएर आवश्यक सामग्रीहरु जुटाउन सकिएन भने हालत कसरी गुज्रिएला गम्भीर भएर सोच्ने हो भने आतेश लाग्न सक्छ । सिपालु हात चलाएर अगाडि बढ्दै जाने क्रममा आआफुलाई सम्पन्न बनाउन सकियोस्, समाजमा रहेर उदाहरणीय कामहरु गर्न पाइयोस् अनि देशका लागि समेत केही योगदान दिन सकियो भने शिक्षा हाँसिल गरेको बल्ल स्वाउँदिलो हुन्छ । शिक्षा हाँसिल गर्न अवसर प्राप्त गरेको शिक्षार्थी नागरिकहरुको हात यथेष्ट रुपमा परिचालन हुन कठिनाइ भएन भने व्यक्तिको परिवार, समाज र राष्ट्र समेत आत्मनिर्भर भई समस्याहरु घट्दै जाने क्रम बढ्न सक्छ । देश र जनतामा सुख, शान्ति छाउन सक्छ । मुलुकका शिक्षालयहरुमा हरेक सिकारुले आआफुले चाहेको ज्ञान र सीप सिक्ने यथेष्ट अवसर मिलाउन सकियो भने कसैलाई पनि अप्ठ्यारो पर्ने वाला छैन । सीप र जाँगर चलाउनलाई भरपूर ज्ञान र त्रुटिविहिन तौर तरिकाहरु सिकारुहरुले सिपालु हात चलाउन पाए भने राष्ट्र र शिक्षाको लागि लगानीकर्ताहरुमा खुशीयाली छाउन सक्छ । शिक्षाको लागि राष्ट्रले व्यवस्था मिलाउन सके नागरिकहरु कोही पनि खाली बस्नु नपर्ने वातावरण तयार भै मुलुकमा आयात भन्दा निर्यात बढी हुने प्रशस्त सम्भावनाहरु बढ्न सक्छन् । मुलुकले शिक्षाका लागि जति खर्च गरेपनि झन् झन् समस्याहरु देखा परिरहने मुलकारण सिपालु हात चलाउने दक्षता एवं निपुणताको अभाव हुन सक्छ । पढ्न चाही पढ्यो तर काम गर्न खोज्यो काम पाइदैन, जति, जहाँ जस्तो सीप चाहिने हो त्यति र त्यस्तो सिकारुले नजानेको अवस्था पनि विद्यमान छदैछ । अब पनि सीपालु हात चलाउन यथेष्ट वातावरण तयार गर्न सकिएन भने मुलुक समस्याको भूमरीमा नपर्ला भन्न सकिन्न । विद्यालयीय शिक्षामा जे जति जस्तो सिकिन्छ, सिकाइ अनुसारको व्यवहारमा उतार्न सफल हुँदा खेरीको हदमा सिपालु हात झल्किन सक्छ । यही धर्तीमा बाँच्न सफल विद्वानहरुले सृजना गरेको र स्वीकारेको तथ्य अनुसार क्ष थयग मय, थयग भिबचल भने जस्तो यदि गरिन्छ भने सिक्न खुब खोजिन्छ, दिमाग मात्र सजाउने तर कार्य क्षेत्रमा उत्रिनु नपर्ने शिक्षा खासै प्रभावकारी पनि नभैरहेको अवस्था विद्यमान छदैछ । कतिपय प्राविधिक विषयहरुमा लागि परेका सिकारुहरुले देखाएको लगनशीलताबाट पनि बुझ्न सकिन्छ । अब आफ्ना नागरिकहरुलाई उच्चकोटीको बनाएर सुख शान्ति दिन राज्यले चाहेकै हो भने सोहि अनुरुपका विषयहरुको लागि पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षा नीतिमा आवश्यक परिमार्जन गरिदिनु पर्दछ । अनि नागरिकहरुलाई सहभागी गराउन सक्दा शिक्षाले देशको लागि योगदान दिन सक्नेछ ।
पवित्र भावनाः मानिस सचेत प्राणी भएको हैसियतले गर्दा उसमा रहेको भावनाहरु प्रबल हुन सक्छन् । यसो भनिरहँदा दुर्बलता पनि प्रकट हुन सक्छ । शिक्षालाई आशाप्रद बनाउन सकिएन भने भावनात्मक दुर्बलताले सताउन पनि सक्छ । भावनात्मक दुर्बलताको ठाउँमा सबलता, प्रवलता भर्नमा पनि हामी मानिसहरुको महानता झल्किन्छ । शिक्षा क्षेत्रलाई आशाप्रद, भरोसायुक्त बनाउन मानिसले सिकारु झुसी दिमाग र सिपालु हातहरुलाई सक्रिय राख्ने भावना जागृत पार्नु पर्दछ । मानिसमा हुनैपर्ने दिमागमा रहेको आवश्यक ज्ञान, गुण एवं सीपगत दक्षता पनि छ तर चोखो भावना निष्क्रिय रह्यो भने मानिसका सबै अंग स्वस्थ छन् तर मुटु अस्वस्थ भैदियो भने अरु अंग स्वस्थ रहेको काम लाग्दैन । त्यस्तै दिमाग र सिपालु हात सक्षम भए पनि भावना पछि परिदियो वा त्रुटिपूर्ण भैदियो भने अवस्था प्रेरणादायी नभै निराशाजनक हुन पुग्छ । यसर्थ सिकारुको भावनालाई पवित्र र सबल बनाउन सिकारु स्वयं जागरुक हुनुपर्दछ । सँगसँगै समाज र राज्यले पनि प्रेरणा दिन सक्नुपर्दछ । झुसी दिमाग र सिपालु हात स्वस्थ छन् तर भावना अस्वस्थ रह्यो भने जीवनचर्या विकृत हुन पुग्दछ । जब मानिस सुमार्ग छोडेर कुमार्गमा लाग्दछ, त्यतिखेर उसमा रहेको पवित्र भावना पनि अस्वस्थ भैदिएकोले हुन सक्दछ । मानिसले जति पनि कुकृत्यहरु गर्दछ उसको भावनाममा रोज लागेछ भन्ने बुझे हुन्छ । यसो हुँदा पवित्र भावना नबिगारी आफुले जानेका ज्ञान, गुण, सीपलाई राम्रोसँग परिचालन गर्न सक्ने आकर्षक जीवनयात्रा विचरण गराउन सक्ने शिक्षा अघि सार्नु आजको आवश्यकता झल्किदैछ । संसारमा जति पनि कुकृत्य हुने गर्छन, ती सबै मानवीय दुष्भावनाका परिणतिहरु हुन सक्छन् । जति खेर मानिसमा पवित्र भावना ओतप्रोत हुन्छ, त्यतिखेर असल असल काम गर्ने लक्षणहरु देखा पर्दै जान्छन् । त्यसैले शिक्षामा पवित्र भावना जगाउने काम गर्नु आवश्यक छ ।
उन्नतीका साथः जब जब हामी मानिसहरु यसधर्तीमा जन्मिन्छौं, हुर्किन्छौं तब तब हाम्रो आवश्यकताहरु पनि थपिदै गैरहेको हामी नै पाउँछौं । हाम्रा पितापुर्खाले जे जति चिजहरुबाट जीवन धानेका थिए त्यतिनै चिजबिजहरुबाट हाम्रो जीवनयात्रा नचल्न सक्छ । हामीलाई थप सामग्रीहरुको खाँचोले सताउन थाल्छ । जति बढी चिजबिजहरुको खाँचो हामीलाई पर्दछ, त्यतिनै बढी आयस्रोतका बाटाहरु र नयाँ नयाँ वस्तुहरुको निर्माण गर्ने उपायहरु पत्ता लगाउन पर्ने हुन्छ । हाम्रो यथास्थितिले हामीलाई बाँँच्न सजिलो बनाउँदैन । समय सापेक्ष नविनतम सामग्री निर्माण गर्ने देखि लिएर आफ्नो क्षमता बढाउने सवालहरु पुरा गर्न, आफ्नो स्तर उन्नती गर्न, वैज्ञानिकता अपनाउन हामीले सृजनात्मक र रचनात्मक कार्य सम्पन्नतालाई बढाउँदै लानु अपरिहार्य हुनेगर्छ । समयले साटो फेर्दै जाँदा हामी पहिले कै अवस्थामा गुज्रिरहन पनि सक्दैनौ । नविनतम वस्तुहरु मानिसको जीवनमा बरदान सावित हुने गर्छन् । यसैले हामीलाई आवश्यक पर्ने हरेक पक्षमा हाम्रो ध्यान पुग्नै पर्दछ । समय सापेक्षका आवश्यक वस्तुहरुको चाँजो मिलाउन, सोच बदल्न वा कायम राख्न हामीले उन्नतीको साहार लिनै पर्दछ । तर जीवनमा केही गर्न सकिएला, आइपर्ने समस्याहरुबाट मुक्ति पाइएला भनेर शिक्षा हाँसिल गरिन्छ । शिक्षा त हाँसिल गरिन्छ तर उन्नती भने घटोत्तरी भयो, शिक्षाका लागि भएको जेथो पनि सकियो काम गर्न पनि पाइदैन भने पढेको के काम ? यसो हुँदा माथि प्रस्तुत झुसी दिमाग, सिपालु हात, पवित्र भावनाका साथमा उन्नतीको हैसियतले गर्न सकिने कुनै न कुनै काम गरेर आफ्नो बाँँच्ने साहारा, समानको लागि सहयोग र राष्ट्रकै लागि पनि योगदान दिन सक्ने सक्षम व्यक्तित्वहरु हाम्रो शिक्षालयहरुमा उत्पादन हुन नितान्त जरुरी भैरहेको छ । यदि हामी नेपालीहरु आत्मगौरवशाली भएर बाँच्न चाहान्छौं, राष्ट्रलाई आत्मनिर्भर बनाउन चाहान्छौं भने हरेक पक्षबाट मानवीय उन्नती गराउने खालको शिक्षा हामीले हाँसिल गर्नुपर्दछ ।

LEAVE A REPLY