काठमाडौँ , मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ संरक्षणका लागि सिंहदरबार घेराउ गरेका छन्।
ताप्लेजुङस्थित पाथीभरा केबुलकार निर्माणको विरोधमा रहेको समूहले बुधबार काठमाडौँमा सिंहदरबार घेराउ गरेको हो। बुधबार सिंहदरबार वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।