राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रशिक्षण प्रदान

माडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभर २९४ शाखामार्फत १० हजारभन्दा बढी नागरिकलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण प्रदान गरिरहेको छ।
सातै प्रदेशमा रहेका शाखा कार्यालयमार्फत विद्यार्थी, कर्मचारी, मजदुर, कृषक लगायतलाई डिजिटल बैंकिङ, बचत, कर्जाको सदुपयोग, साइबर सुरक्षा, तथा वित्तीय कारोबारका फाइदाबारे सचेतना दिने कार्य भइरहेको छ।
यस अभियान अन्तर्गत, बैंकले क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, ओटीपी, रेमिट्यान्स कारोबार जस्ता सेवाबारे नागरिकहरूलाई जानकारी गराइरहेको छ। साथै, वित्तीय सचेतनामूलक अन्तरक्रिया, सामाजिक सञ्जालमार्फत श्रव्यदृष्य सामग्री प्रसारण, तथा वित्तीय साक्षरता कार्यक्रम समेत नियमित रूपमा सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।

LEAVE A REPLY