नेपालीकांग्रेस दृढताकासाथ संविधानको पक्षमा उभिन्छ ः डा. प्रकाशसरण महत प्रवक्ता

काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने निर्णय गरेको कुरा पार्टीप्रवक्ता महतले बताउनु भयो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानमार्फत नै जनताका आवश्यकता र समस्या सम्बोधनलाई ध्यान दिने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिनुभयो ।
उहााले भन्नाुभयो, ‘नेपाली काङ्ग्रेस को पार्टीको कार्यसम्पादन समिति बैठक सम्पन्न भएको छ । यसले विविध विषयहरुमा छलफल गरेको छ । सर्वप्रथम नेपाली कांग्रेस पार्टीको कार्यसम्पादन समिति बैठकले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट बनेको संविधानको रक्षामा पूर्ण प्रतिवद्धताको जुन गणतान्त्रिक संघीय संविधान बनेको छ यसप्रति पूर्ण प्रतिवद्धता जाहेर ग¥यो ।
संविधानमार्फत नै जनताका आवश्यकता र समस्या र महत्वाकांक्षालाई सम्बोधन गर्न सकिने निर्णय गरेको छ ।’

LEAVE A REPLY